गृह मन्त्रालयले कैलालीको टीकापुरमा थरुहट प्रदेशको माग गर्ने अनियन्त्रित र अराजक भिडले घरेलु हातहतियारबाट आक्रमण गरी राष्ट्रसेवक प्रहरीको हत्या गरेको जनाएको छ । सोमबार साँझ विज्ञप्ति जारी गरी मन्त्रालयले हातमा लाठी, भाला, हँसिया, बन्दुकसमेत हतियार लिई निषेधित क्षेत्र तोड्दै सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी गर्ने ध्ंवसात्मक गतिविधि गर्न लागेकाले प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि लाठी, भालासमेतका हतियार प्रयोग गरी नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहित चार जना र सशस्त्र प्रहरी बलका दुई जनाको हत्या गरेको जनाएको छ । सोही क्रममा आन्दोलनकारी तर्फमेत तीन जनाको मृत्यु भएको भन्ने बुझिन आएको र सो सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । झडपका क्रममा केही व्यक्ति घाइते भएको जानकारीसमेत प्राप्त भएको र घाइतेको उद्धारका लागि तत्काल नेपाली सेनाको हेलिकप्टर काठमाडौँबाट टीकापुर पठाइएको बताइएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment