0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ उद्योग बाणिज्य संघको आगामी असोज २ र ३ गते हुन लागेको १०औ महाधिवेशनका लागि यहाँ रहेका महिला उद्योमीहरुलाई पनि चुनाबको सरगर्मीले छोएको छ । गत बर्षको निर्वाचनमा ९७ जना महिला व्यवसाय भएको लेखनाथ उद्योग वाणिज्य संघमा अहिले महिला व्यवसायीहरुको संख्या बढि एक सय ७५ पुगेको छ । यिनै महिलाहरुका बीचबाट एक जना महिला आरक्षण कोटा र खुल्ला तर्फको सदस्य पदका लागि अहिले सात जना महिलाहरुले उमेदबारी दिने घोषणा गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघको आसन्न निबार्चनका लागि केहि नयाँ अनुहार केहि पुराना अनुहार गरि सात जना महिला उमेदवारहरु चुनावी मैदानमा आउने भएका छन् ।   जसमा पुराना अनुहारमा गीता सुबेदी र मेनुका श्रेष्ठ रहेका छन् भने नयाँ अनुहारमा ईन्दिरा रोक्का,राधा सापकोटा, डिक कुमारी दाहाल, बिमला बस्नेत र प्रभा पौडेल रहेका छन् । यसैबीच लेखनाथ नगर क्षेत्र भित्र रहेका वस्तुगत संघ र विभिन्न क्षेत्रका बजार व्यवस्थापन समितिका अध्यक्ष  तथा प्रतिनिधि हरुको भेला बिहीबार सम्पन्न भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आगामी असोज २र ३गते हुने १० औं महाधिवेशनमा केन्द्रित भई भएको भेलामा व्यवसायीहरुका हक हित र आगामी दिनमा गर्न सकिने कामका बारेमा उद्योग वाणिज्य संघलाई लिखित रुपमा जानकारी गराउने उद्देश्यले सो भेलाको आयोजना गरिएको हो । भेलामा उपस्थित व्यवसायी हरुले लेखनाथ नगर क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि साझा अवधारणाले अगाडि बढ्नु पर्नेमा जोड दिदै सबै वस्तुगत संघ र बजार व्यवस्थापन समितिहरुले आ–आप्mनो टोलमा ब्यवसायीहरुको भेला गराई वर्तमान आस्थामा देखिएका समस्या र त्यसको समाधानका उपायका बारेमा जानकारी गराएने निर्णय गरेको छ । वस्तुगत तथा बजार व्यवस्थापन समितिका संयोजक रामजी पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा उपस्थित व्यवसायी हरुले लेखनाथ नगर क्षेत्रको विकासका लागि साझा अवधारणाले अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

Post a Comment

 
Top