गोल्डेन न्यूज संवाददाता
विविसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले विविसीको जागिर छाडेपछि राजनीतिमा लाग्ने संकेत गरेका छन् । आईतवार पोखराका पत्रकारसंगको छलफलमा उनले विविसीको जागिरे जिवन सकिएपछि कि परोपकारी काममा लाग्ने कि पूर्णकालिन राजनीतिमा लाग्ने बताए । परोपकारी पत्रकारिताको पक्षमा वकालत गर्दै आएका उनले विविसी नेपाली सेवापछि अन्य कुनै छापा वा बिद्युतिय सञ्चार माध्यममा आबद्ध नहुने स्पष्ट पारे । बिभिन्न लेख रचना, स्तम्भ मार्फत प्रस्तुत हुने तर पूर्ण रुपमा सञ्चारसंस्थामा अबद्ध नहुने उनले बताए । विविसी नेपाली सेवाबाट अवकाश पछि कुनै छापा सञ्चार माध्यममा आउनुहुन्छ कि ? भन्ने प्रश्नमा उनले भने ‘कि परोपकारी काममै लाग्छु कि पूर्णकालिन राजनीति गर्छु ।’ राजनीतिमा लागे अहिलेका राजनितिक दलमा आबद्ध नभई छुट्टै नयाँ शक्तिको रुपमा उदाउने उनले संकेत छ । अहिलेको पत्रकारिताको आधार परिमार्जन हुन नसके समाज रुपान्तरण हुन नसक्ने उनले बताए । पोखरामा नाटकघर बनाउने उद्देश्यले सहयोग जुटाउन आयोजित एकल कविता वाचनमा सहभागिताका लागि उनी पोखरा आएका थिए ।
Post a Comment