0
गोल्डेन न्यूज संवाददाता
नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरलाई नेपाली कांग्रेसको केन्द्रीय आमन्त्रित सदस्य मनोनित गरिएको छ । कास्कीको पोखरा–६ बैदाम निवासी उनी लामो समयदेखि ट्रेड युनियन कांग्रेसमा संलग्न रहेर ट्रेड युनियन आन्दोलन र श्रमिकहरुका मुद्धामा सक्रिय रहँदै आएका छन् । कुँवर कास्की क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत छन् । गत वैशाख ३ गते पार्टीको केन्द्रीय कार्यालयबाट प्रेसित आमन्त्रित केन्द्रीय सदस्यको मनोनयन सम्बन्धी पत्र कुँवरले ४ महिना ४ दिनपछि भदौको ६ गते प्राप्त गरो बताए । नेपाली कांग्रेसको महाधिवेशन नजिकिंदै गएको बेला केन्द्रीय आमन्त्रित सदस्यमा मनोनयन भएपछि के काम गर्न सक्नुहुन्छ त ? भन्ने प्रश्नको उत्तरमा कुँवरले भने–‘मैले वैशाख ३ गतेको पत्र आजमात्र पाएँ अब जे जति गर्न सक्छु ट्रेड युनियन आन्दोलन र श्रमिकहरुको हितका लागि मात्र काम गर्छु ।’

Post a Comment

 
Top