0
गोल्डेन न्यूज संवाददाता
कला,साहित्य र सँस्कृति उत्थान–हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापित अन्नपूर्ण सांस्कृतिक परिवारको प्रथम अधिवेशन तथा साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उपमहानगरपालिका वडा न.२७ हेमजाका वडा नागरिक मञ्चका संयोजक दयाराम बाँस्तोलाले लोक सँस्कृतिको संरक्षणमा सबै नागरिकको कर्तव्य रहनुपर्नेमा जोड दिए । उनले भने–लोक सँस्कृतिको जगेर्नामा आधुनिक सँस्कृति तथा पश्चिमाकरणले असर पारेको बताए । कार्यक्रमका विशेष अतिथि महाकाव्यकार जनार्दन शरण त्रिपाठीले लोक सँस्कृतिको संरक्षण प्रति युवाहरुमा आएको जोसको बदर गर्नुपर्ने उल्लेख गरे । कार्यक्रममा गैसस महासंघ कास्कीका सह–सचिव कृष्ण बहादुर कुँवरले सामाजिक संघ–संस्थाहरुले गर्न खोजेको क्रियाकलाप तथा गतिविधिमा स्थानीय सरकारी निकायहरुले त्यति चासो नदिएको उल्लेख गरे । शिक्षासेवी मधुसुदन त्रिपाठीले नेपाली सँस्कृतिको अध्ययनका विषयमा नेपालमा भन्दा पनि बाह्य युरोपेलि मुलुकका देशहरुमा बढि हुने गरेको  बताए । साधारणसभाले पुनः छन्दमणि त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा भरतराज अधिकारी, सचिवमा पुनः सुदिप त्रिपाठी ‘प्रतिक’, कोषाध्यक्षमा ओमकुमारी आचार्य त्रिपाठी, सह–सचिवमा सुनिल गायक, सह–कोषाध्यक्षमा आरती अधिकारी रहेका छन् भने सदस्यहरुमा बलराम पौडेल, केशवराज सापकोटा,रमा त्रिपाठी, विष्णु बाँस्तोला, गौमति त्रिपाठी रहेका छन् । कार्यक्रममा संस्थाका सचिव सुदिप त्रिपाठी ‘प्रतिक’ ले प्रतिवेदन, अध्यक्ष छन्दमणि त्रिपाठीले अध्यक्षको प्रतिवेदन र सह–कोषाध्यक्षमा आरती अधिकारीले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए । छन्दमणि त्रिपाठीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा ने.क.पा एमाले वडा इकाई कमिटि पोखरा–२७, हेमजा अध्यक्ष मीन बहादुर थापा, नेपाल रेडक्रस सोसाईटी हेमजा उपशाखा सभापति तथा हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पौडेल, समाज सेवी सेती कुँवर लगायतले बोलेका थिए । कार्यक्रमको स्वागत उपाध्यक्ष भरत चन्द्र गौतमले सञ्चालन सुदिप त्रिपाठी ‘प्रतिक’ले गरेका थिए ।

Post a Comment

 
Top