0
गोल्डेन न्यूज संवाददाता
जिल्ला कृषि विकास कार्यालय कास्कीको आयोजनामा मंगलबार कास्की जिल्लाको कृषि क्षेत्रमा क्रियाशिल गैरसरकारी सघसंस्थाहरु को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला विकास समिति कास्कीको आयोजनामा हुने वार्षिक समिक्षा कार्यक्रमको तयारी स्वरुप कृषि कार्यालयले समिक्षा गरेको हो । समिक्षा कार्यक्रममा संघसंस्थाहरु बीच समन्वयको अभावमा एउटै क्षेत्रमा एकै प्रकृतिका कृषि कार्यक्रमहरु जुध्न पुगेको पाईएको छ । जस्तै भदाँैरे तामागी गाविसमा हरियो बन, माछापुच्छ«े विकास संघ, गुड नेभर्स नेपाल लगायतका संघ–संस्थाले कार्यक्रम गरिरहेका छन् । कृषि कार्यालयसँग समन्वय गरेमा र गैरसरकारी संस्थाहरु बीच नै सहकार्य हुन सकेमा सानो लगानीमा पनि किसानहरुले ठूलो र धेरै पाईदा पाउनसक्ने सहभागीहरुले बताएका छन् ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रीय कृषि निर्देशनालय पोखराका वरिष्ठ कृषि प्रसार अधिकृत ह्रदयनाथ घिमिरेले जुन संस्थाले काम गरेपनि कृषकले फाईदा पाउने हुदाँ कसरी बढि भन्दा बढि कृषकलाई सेवा दिने भन्नेतर्फ ध्यान पु¥याउन आग्रह गरे । यस्तै गैरसरकारी संस्था महासंघक निवर्तमान अध्यक्ष कृष्णप्रसाद बरालले जिल्लामा कृषिका लागि धेरै गैरसरकारी संस्था कार्यरत रहेको जानकारी दिंदै गैरसरकारी र सरकारी कर्याालयविच समन्वय हुन सकेमा कार्यक्रम प्रभावकारी हुने बताए । यसैगरि कार्यक्रमको अध्यक्षता गरेका जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रमेश कोईरालाले गैरसरकारी संस्थासँग सहकार्य गर्न कृषि कार्यालय सधंै तयार रहेको बताउँदै कुनैपनि संस्थाको फेजआउट हुनु अघि नै कृषि कार्यालयलाई जानकारी गराएमा त्यो कार्यक्रमलाई निरन्तरता दिन सकिने जानकारी दिए । उनले जिल्ला विकास समितिको वार्षिक समिक्षा कार्यक्रममा कृषि कार्यालयको मात्रै कार्यक्रम प्रस्तुत गरिंदा अन्य संघ–संस्थाले गर्ने कार्यहरु छुट्ने भएकाले पनि यो समिक्षा कार्यक्रम गरेको पनि बताए । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयको तर्फबाट योजना अधिकृत नारायणजंग खत्रीले आर्थिक वर्ष ०७१÷०७२ मा संचालित कार्यहरुको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । खत्रीका अनुसार कृषि कार्यालयले गतवर्ष कृषिका लागि ६ करोड ६२ लाख बजेट प्राप्त गरेकोमा ९४.८ प्रतिशत काम सम्पन्न गरेको छ । विभिन्न कारणले १२ वटा कार्यक्रम भने सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ । कार्यक्रममा गैरसरकारी संस्थाको तर्फबाट कोपिला नेपालका तिलक घिमिरे, गुड नेभर्स नेपालका कमल बिक, ली–बर्डका दिपक उपाध्याय, असल छिमेकी नेपालका रोशनी गुरुङ्ग, हरियो वन कार्यक्रमका शुभेच्क्षा शर्मा, माछापुच्छ«े विकास संघका गुणकुमार श्रेष्ठ, ढिकुरपोखरी विकास संघका पुण्य भण्डारीले आ–आफ्नो कार्यालयले कृषिका क्षेत्रमा गरेको कामका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । कास्कीमा २० भन्दा बढि गैरसरकारी संस्थाहरुले कृषि क्षेत्रमा काम गरेको भएपनि समिक्षा कार्यक्रममा सबै सहभागी हुन नसकेकाले बुधबारसम्ममा आफूले गतवर्ष संचालन गरेका कृषि कार्यक्रमका बारेमा जिल्ला कृषिमा जानकारी गराउनसक्ने जिल्ला कृषि विकास कार्यालय कास्कीका बागवानी विकास अधिकृत मनहर कडरियाले जानकारी दिए ।















Post a Comment

 
Top