0
गोल्डेन न्यूज संवाददाता
पोखराबाट सञ्चालित सुगम सङ्गीत यात्राको दोस्रो श्रृङ्खला पोखराको कुँडहर बजारमा सम्पन्न भएको छ । अनुपम म्युजिक पोखरा, त्रिवेणी सङ्गीतालय र जे.ई. म्युजिक एकेडेमीको संयुक्त अयोजनामा सम्पन्न यात्रामा स्थापित र नवोदित प्रतिभाहरुले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।  स्थानीय समाजसेवी तथा गीतकार नरेन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यव्रmममा प्रमुख अतिथि साहित्यकार रवीन्द्र माकाजूले नेपाली सङ्गीतको स्वर्णीम भविष्य निर्माणका लागि यात्राले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । कार्यव्रmममा रामभक्त जोजिजू, इतु जोजिजू, रचना मुले, सन्तोष प्रधान, किशोर सुवेदी, रोम तामाङ, जय चापागाईँ, श्रीधर कँडेल, बिना पुन, उमा चौधरी, नरेश राई, भेगराज बर्देवा, आशा कार्की, प्रियङ्का जोजिजू, साक्षी बाँस्तोला, सुरज गुरुङ, अनुष्का जोजिजू, पवित्रा गुरुङ, मधुसुदन श्रेष्ठ लगायतले गायन प्रस्तुत गरेका थिए । अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको सञ्चालन र रुपिन्द्र प्रभावीको स्वागतमा भएको कार्यव्रmममा त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बराल, धादिङ–पोखरा सम्पर्क समितिका सल्लाहकार गोकर्ण अधिकारी, सञ्चारकर्मी ऋषि खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए । नयाँ प्रतिभालाई मञ्च प्रदान गर्ने र पुराना स्रष्टालाई सम्मान गर्दै नेपाली गीत सङ्गीतको संरक्षण, सम्बद्र्धन र विकास गर्नेलगायतका उद्देश्य सहित हरेक महिनाको पहिलो शनिबार कार्यव्रmम हुँदै आएको छ ।

Post a Comment

 
Top