0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले काँग्रेस कास्कीको पार्टी नेतृत्व नै रामजी पौडेल बादलको हत्यारा लुकाउने षड्यन्त्रमा लागेको गम्भीर आरोप लगाएका छन् । एमाले कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले भने–‘हामी कम्युनिष्ट भएकाले तथ्यको आधारमा सत्य बोल्छौँ, कास्की काँग्रेसको नेतृत्व अपराधीलाई कसरी लुकाउने र छुपाउने भन्नेमा छ ।’ पत्रकार सम्मेलनमा आक्रामक रुपमा प्रस्तुत भएका अध्यक्ष थापाले काँग्रेस नेता रामजी पौडल‘बादल’ हत्या प्रकरण आरोपी विश्वास गौतम ‘भर्खरै एमालेबाट काँग्रेस प्रवेश गरेको’ भन्ने निहुँबाट सुरु भएको भन्ने कास्की प्रहरीको भनाइप्रति गम्भीर आपत्ति पनि जनाए । विश्वास गौतमको तीन पुस्ता नै काँग्रेस नभएको जिकिर गर्दै उनले कास्की प्रहरीले मुख्य अपराधी लुकाउन र घटनालाई राजनीतितर्फ मोड्न यो प्रपञ्च रचेको आरोप पनि लगाए । जिल्ला प्रहरी कार्यालयले बादल हत्याका अभियुक्त सार्वजनिक गर्दा बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा विश्वास गौतम एमालेबाट भर्खरै काँग्रेस प्रवेश गरेको भन्ने निहुँ नै हत्याको जड भएको दावी गरिएको छ । पे्रस वक्तव्यमा सो वाक्याशंलाई महत्वका साथ ‘हाइलाइट’ गरिएको आपत्ति जनाउँदै एमाले कास्कीका अध्यक्ष थापाले भने–‘प्रहरी प्रशासनका केही निकृष्ट व्यक्तिहरुबाट सुनियोजित रुपमा बादल हत्याकाण्डलाई अन्यत्र मोड्ने र अपराधी जोगाउने षड्यन्त्र भएको छ । उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत पौडेल थरका प्रहरी निरीक्षक नै यो घटना अन्यत्र मोड्न र एमालेलाई बदनाम गर्न लागि परेको ठोकुवा गरे । उनले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालसँग यो विषयमा आपत्ति जनाएको बताए । डनहरुको कुनै पार्टी र आदर्श नहुने र उनीहरु फास्ट ट्रयाकबाट लिने पनि दिने पनि गर्न पार्टी प्रवेश गर्ने जिकिर गर्दै उनले एमालेले गुण्डालाई संरक्षण नदिने ठोकुवा गरे ।





Post a Comment

 
Top