गोल्डेन न्यूज संवाददाता
पोखरा–११ फूलबारी स्थित भाष्कर मेमोरियल स्कूलले शुक्रबार आफ्ना अभिभावकहरुलाई कुशल अभिभाकत्व सम्वन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । रामेश्वर मन्दिर सभाहलमा बालबालिकालाई कसरी शिक्षा दिने, भूकम्प प्रभावित भएकालाई जनचेतना प्रदान सम्वन्धी प्रशिक्षण भएको थियो । अर्लि चाइल्डहुड एजुकेशन सेन्टर काठमाडौले प्रदान गरेको प्रशिक्षण कार्यक्रममा उत्सुकता पूर्वक अभिभावकले भागलिएको स्कूलका को–प्रिन्सिपल गणेशबहादुर रानाले जानकारी दिए । विभिन्न समयमा विभिन्न तालिम तथा प्रशिक्षण प्रदान गर्दै आएको विद्यालयले बालबालिकामा भूकम्पले पार्ने र परेको असरमा प्रशिक्षण प्रदान गरेको थियो । भूकम्पमा प्रभावित गोरखा, धादिङ, काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा लगायत जिल्लामा भूकम्प पीडित बालबालिकाका अभिभावकलाई प्रशिक्षण प्रदान गरी पोखरामा समेत सो प्रशिक्षण प्रदान गरेको इसिईसीका टिम लिडर कमला थापाले जानकारी दिइन् । टिम ट्रेनर नन्द खपाङ्गी, गीता कपाली, विवेक शाक्य रहेको विद्यालयका संस्थापक माधबी बाँस्तोलाले जानकारी दिइन् । पश्चिम क्षेत्रमा भूकम्पको प्रभाव बाँकी रहेको भन्ने हल्ला चलिरहेको अवस्थामा विद्यालयले कसरी वच्ने, कसरी सुरक्षित बन्न सकिन्छ भन्नेमा प्रशिक्षण प्रदान गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल विश्वराज बास्तोलाले जानकारी दिएका थिए । बाँस्तोलाले भूकम्पले कसैलाई हानी नगर्ने बताउँदै आफूले बनाएको संरचनाको कारण क्षति हुने हुँदा त्यस तर्फ सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।
Post a Comment