महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध कास्कीकोटका महिलाहरु जागरुक भएका छन् । गाविसस्थित जनजागरण महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. को आयोजनामा महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध सो अभियान संचालन भएको सहकारी अध्यक्ष दुर्गा सुवेदीले जनाइन् । प्रमुख अतिथि महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जिसी कार्कीले हिंसा विरुद्ध सबै महिला दिदी वर्गहरु एक जुट हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा राजनीतिक दल, सहकारी, वडा नागरीक मंच, विद्यालय, हेल्थपोष्ट, आमा समूह, स्थानीय क्लब लगायतका प्रतिनिधिहरुको सहभागिता थियो । महिला विकास कार्यालयकी शरद गुरुङले पनि बोलेको कार्यक्रमको संचालन सुनकुमारी भुजेलले गरेकी थिइन् । यसैबीच, कास्कीकोटका ३० जना किशोरीहरुलाई आयआर्जन बृद्धिका लागि जनही ३ हजार रुपैयाँका दरले कुल ९० हजार रुपैयाँ वितरण गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment