अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्षेत्र नं ३ कास्की को आयोजनामा देशका विभिन्न भुभागमा भएको हत्या हिसां र आतंक विरुद्द शान्तीका लागी दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियू क्षेत्रीय कमिटीका अध्यक्ष रोशन भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियु केन्दीय सदस्य हरिबोल गौतमले कैलालीको टिकापुर लगायतका क्षेत्रमा भएको अमानविय घटना दोषी माथि कारवाहीको माग गरे । कार्यक्रमका अनेरास्ववियुका जिल्ला अध्यक्ष शेखर गौतम र नेकपा एमालेका क्षेत्रीय सदस्य एवम युवा संघ गण्डकीका सचिव शिवराज आचार्यले पनि बोलेका थिए । कार्यक्रममा अनेरास्ववियू कास्कीका निवर्तमान उपाध्यक्ष अर्जुन अधिकारी युवा संघ कास्कीका कोषाध्यक्ष दिपक लामिछाने, पोखरा इन्जिनियरिङ् कलेजका संयोजक सुर्दशन अधिकारी, पि.ए.न क्याम्पसका उपाध्यक्ष बिजय पौडेल, लगायतका नेताहरु सहभागी थिए । कार्यक्रम संचालन अनेरास्ववियु क्षेत्र नं ३ का सचिव महेन्द्र पौडेलले गरेका थिए । यसैबीच अनेरास्ववियू भुगोल जिल्ला कमिटी कास्कीले कैलाली हत्या काण्डका दोषीलाई कारबाहीको माग गर्दै कास्कीको पृथ्वीनारायण क्याम्पस, राष्ट्रिय उच्च मा.वि., अमरसिंह नमूना उच्च मा.वि., पोखरा इञ्जिनियरिङ कलेज फिर्केलगायत विभिन्न उच्च मा.वि.हरुमा हस्ताक्षर अभियान शुरु गरेको छ । यही भदौ ७ गते टिकापुरमा भएको हिंसात्मक प्रदर्शनमा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरीको निर्ममतापूर्वक हत्या गरिएको प्रति अनेरास्ववियूले भत्सना गरेको छ । उक्त काण्डका दोषीलाई छिटो भन्दा छिटो कानूको दायरामा ल्याई कारबाहीको माग गर्दै संकलितहस्ताक्षर अभियान यथाशक्य छिटो जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्रीलाई बुझाउने कमिटीका अध्यक्ष शेखर गौतमले बताए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment