गाउँ सम्बन्धी म्युजिक भिडियो निर्माण गर्ने लहर यतिबेला ह्वात्तै बढेको छ । यस्ता गीत दर्शक श्रोताले रुचाएका पनि छन् । गीत मार्फत नयाँ–नयाँ प्रतिभाको उदय कला क्षेत्रमा भैरहेको छ । यस्तै गाउँ सम्बन्धी गीतमार्फत आजभन्दा झण्डै नौ वर्ष अगाडि यस क्षेत्रमा उदाएकी प्रतिभा जसु गुरुङ यतिबेला अभिनय, निर्देशन र कोरियोग्राफीको क्षेत्रमा व्यस्त छन् । जन्मथलो घान्दु्रक नभएपनि ‘घान्दुककी ठिटी म त गाउँकै गीत गाउछुँ’ बोलको गीतमा अभिनय गरेर एकाएक चर्चामा आएकी थिइन् । जुन गीतले गाँउ सम्बन्धि गीत रेर्कड गर्ने र भिडियो निर्माण गरी गाउँको बारेमा जानकारी दिन हौसला प्रदान ग¥यो । अनि एकपछि अर्को गर्दै गाउँ सम्बन्धि गीत दर्शक श्रोतामाझ आउन पुगे । त्यसैले त गाँउ सम्बन्धि निर्माण गरिएको भिडियोको क्रेज हाल बढ्दै गएको छ । विशेषगरि स्थानीय केबुल टेलिभिजनमा यस्ता गीत प्रसारण भैरहेका छन् । यसै क्रममा क्या. कमल गुरुङले घान्द्रुकको बारेमा लेखेको गीत ‘जीवनमा एकपल्ट पुग्नैपर्ने ठाउँ, घान्द्रुक गाउँ’ को म्यूजिक भिडियो निर्माण गरिएको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी जसु गुरुङले गरेकी छन् । गीत मार्फत घान्द्रुक गाउँलाई नजिकबाट चिनाउने प्रयास उनले गरेकी छन् । ‘घान्द्रुकको कला, संस्कृति र रहनसहनलाई मैले भिडियोमा समेट्ने कोशिष गरेको छु ।’ जसुले भनिन् । विभिन्न गुरुङ फिल्ममा सहनिर्देशक तथा म्युजिक भिडियोमा निर्देशकको कुशल जिम्मेवारी सम्हालिसकेकी जसुको लक्ष्य गूरुङ तथा ठूलो पर्दाका फिल्म निर्देशन गर्ने रहेको छ । उनलाई गुरुङ फिल्मको एक मात्र महिला निर्देशक भन्ने गरिएपनि निर्देशकको पुरै जिम्मेवारी लिएर फिल्ममा उनले काम गरेकि भने छैनन् । उनले आफूद्वारा निर्देशित विभिन्न गाउँका गीति भिडियोको डिभिडी तयार पारेर ‘संगालो’ नामको एल्बम बजारमा ल्याइ सकेकी छन् । जुन एल्बममा रुपाताल, लान्द्रक, भाचोक, कुइवाङ, भदौरे, क्होला सोँथर साथै बोनस गीतको भिडियो नाम दिएर घान्दु्रक गाउँको गीति भिडिया समावेश छ । स्याङजा अर्जुन चौपारी ७ लामडाँडामा बुबा आस बहादुर र मुमा तिलमाया गुरुङको कान्छो सन्तानको रुपमा जसुको जन्म भएको हो । उनको नृत्य अभिनय र साहित्यिक क्षेत्रप्रति बाल्यकालदेखिनै झुकाव थियो । सानैदेखि होस्टेलमा बसेर अध्ययन गरेकी उनको प्रतिभा लामो समयमा स्कूलमा आयोजना हुने विभिन्न साँस्कृतिक कार्यक्रममा मात्र सीमित बन्यो । स्कुल पढ्दा विभिन्न शैक्षिक प्रतियोगीताहरुमा उनले भाग लिने गर्थीन् । यस्ता प्रतियोगीतामा कयौंपटक पुरस्कृत पनि भइन् । पढाइमा पनि निकै अब्बल थिइन् । यसरी पढाइका साथसाथै विभिन्न अतिरिक्त प्रतियोगीतामा पाएको सफलता र साथीभाइहरुको सहयोगले उनलाई अगाडि बढ्न हौसला मिल्यो । जब प्रवेशिका परीक्षा पास गरेर वि.स.२०६१ सालमा पोखरा आइन् तब उनको करियरले नयाँ मोड लिन पुग्यो । जनप्रिय बहुमुखी क्याम्पसमा अध्ययन गर्दै गर्दा डाँफे बाजे भनेर पोखरामा परिचित डाँफे कला मन्दिरका सञ्चालक स्व.क्या. मिन बहादुर गुरुङसँगको भेट भयो । स्व. गुरुङकै सर्पोटले जसुको यात्राले फर्कने अनि फूल्ने मौका पाएको हो । डाँफे कला मन्दिरमा नृत्य सिक्दै आफूमा निखारता प्रदान गरिन् उनले रोजगार पनि त्यही पाइन् । हालसम्म पनि डाँफे कला मन्दिरमा निरन्तर नृत्य प्रशिक्षक रुपमा उनी कार्यरत छन् । डाँफे कला मन्दिरमा काम गर्न सुरु गरेसँगै विस्तारै उनले डकुमेन्ट्रीको स्क्रिफ्ट लेख्न थालिन् । यसका अलावा विभिन्न स्कुल संघसंस्थामा नृत्य सिकाउने काम उनले गरिन् । यस्ले उनको सम्पर्क कलाकारिता क्षेत्रका व्यत्तिसँग बढ्दै गयो । वि.स. २०६३ मा ‘पात भन्दा फूल राम्रो’ गीतमा नृत्य गर्दै उनले मोडलिङ क्षेत्रको यात्रा सुरु गरिन् । यो गीतमा गरेको अभिनय मार्फत एकपछि अर्को गर्दै नयाँ–नयाँ गीतमा अभिनय गर्ने अवसर उनलाई प्राप्त भयो । हालसम्म उनले अभिनय गरेका गीतको म्युजिक भिडियोको संख्या तीस भन्दा बढी पुगेको छ । म्युजिक भिडियोमा मात्र नभएर जसुको यात्रा फिल्मक्षेत्रमा पनि हुन थाल्यो । वि.स. २०६३ मा करण गुरुङ गोराको निर्देशनमा बनेको गुरुङ फिल्म ‘टोरा’ मा नायिकाको भुमिका निर्वाह गरि फिल्मक्षेत्रमा उनले डेब्यु गरिन् । यो फिल्ममा उनले गरेको अभिनयको दर्शकले खुलेरै सर्पोट गरे । फलस्वरुप अन्य फिल्ममा अभिनय गर्ने सौभाग्य उनले पाइन् । उनले स्व. पेगी मुल्मीको निर्देशनमा बनेको नेपाली कथानक फिल्म संकल्प, माओत्से गुरुङको निर्देशनमा निर्माण गरिएको गुरुङ फिल्म नकै फुँ, राजु गुरुङको निर्देशनमा बनेको गुरुङ फिल्म मिग्ली र नौजंग गुरुङको निर्देशनमा निर्माण भएको गुरुङ फिल्म चोखो मायामा प्रमुख कलाकारको रुपमा अभिनय गरेर आफ्नो पहिचान बेग्लै बनाइसकेकि छन् । यी फिल्ममा दर्शक शुभचिन्ततको फिडव्याकका कारण उनलाई उत्पेरणा मिलेको छ । पछिल्लो समयमा निर्देशन क्षेत्रमा उनको व्यस्तता बढी देखिन्छ । हालसम्म ५० भन्दा बढी गीतको म्युजिक भिडियोको निर्देशन उनले गरिसकेकी छन् । यी मध्ये २५ जती त गाउँ सम्बन्धी गीत छन् । उनले गुरुङ फिल्म एशोसिएशन जिफानको द्वितीय उपाध्यक्षको भूमिका सफलतापूर्वक निभाइ सकेकी छन् । उनले लोटस स्टुडियोमार्फत एविसि टेलिभिजनमा गुरुङ भाषाको कार्यक्रम सञ्चालन समेत गर्छिन् । हाल गाँउकै गीतमा व्यस्त उनले अब विस्तारै डकुमेन्ट्रीको निर्देशन गर्ने योजना बनाएकी छन् । कुनै पनि काममा सफलता प्राप्त गर्ने कुरा आफूमानै निर्भर हुने बताउने उनी यो क्षेत्र प्रति सन्तुष्ट छन् ।
यो क्षेत्रमा लागेर आम्दानी पनि रामै्र भएको उनले सुनाइन् ‘आम्दानी राम्रो छ घरमा माग्नु पर्दैन’ । यहि फिल्डमा निरन्तर लाग्ने बताउने जसु अब यस्लाई व्यवसायको रुपमा नै अगाडि बढाउने सुरमा छन् । कार्यक्रमको सिलसिलामा कास्की, स्याङजा, लमजुङ लगायतका विभिन्न ठाउँ मात्र नभएर मलेशिया र भारतमा समेत पुगेर आफ्नो प्रतिभा उनले देखाइसकेकी छन् । पोखरा र यस आसपासमा हुने विभिन्न नृत्य प्रतियोगीतामा निर्णायकको भूमिका उनले निभाउने गर्दछिन् । उनले सामान्यदेखि ठूलो बजेट सम्मका म्युजिक भिडियो निर्देशन गरिसकेकि छन् । अभिनय निर्देशनका अलावा कोरीयोग्राफीमा पनि उनी उत्तिकै व्यस्त छन् । अब ठूलो पर्दाको फिल्मनिर्देशन गर्ने लक्ष्य लिएकी उनले नास मु ह्रैगो, जुनीजुनी, च्हचमी, सुराग, गेटपास जुनीजुनी, लगायतका आधा दर्जन गुरुङ फिल्ममा सह निर्देशनको जिम्मा लिई आफ्नो क्षमता प्रर्दशन गरिसकेकी छन् । ‘सफल फिल्म निर्देशक हुन कथालाई न्याय गर्न सक्ने खुबि हुनुपर्छ’ उनले भनिन्–‘त्यो क्षमता म सँग पनि छ’ । उनले विभिन्न तालिम र अनुभवले आफूमा निखारता प्रदान गरेको बताउँछिन् । हालसम्म अविवाहित रहेकी उनलाई पारिवारिक सहयोगनै यात्रमाा सहजता भएको हो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment