0
गोल्डेन न्यूज संवाददाता
पोखरा ८ नागढुंगा मिलनमार्ग स्थित नेपाल क्रियशन एकेडेमीका विद्यार्थीहरुको बोल्ने कला विकासका लागि विहीवारदेखि विद्यालयमा अनुपम म्युजिक तथा कास्की मल्टिमिडिया उदघोषणले १० दिने उद्घोषण तथा भाषणकला तालिम शुरु गरेको छ । तालिमको उद्घाटन पत्रकार हुमबहादुर गुरुङले गरेका थिए । त्यस अवसरमा बोल्दै उनले  विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्नका लागि अतिरिक्त क्रियाकलाप अत्यावश्यक भएको भन्दै उद्घोषण तथा भाषणकला तालिम विद्यार्थीका लागि अनिवार्य भएकोमा बताए । पाठ्य पुस्तक अध्ययन बाट मात्रै विद्यार्थीको आवाश्यक क्षमता अभिवृद्धि नहुने भएकाले नेपाल क्रियशस एकेडेमीले जस्तै विद्यार्थीका लागि अन्य विद्यालयहरुले तालिम प्रदान गर्नुपर्ने बताए । तालिमका प्रमुख प्रशिक्षक, अनुपम म्युजिक तथा कास्की मल्टिमिडियाका प्रवन्ध निर्देशक, सञ्चारकर्मी अनुराग अधिकारीले १२ वर्षदेखि संस्थागत रुपमा आफूहरुले १०६ समुहलाई तालिम प्रदान गरिरहेको जानकारी दिंदै १० दिने तालिममा प्रशिक्षार्थीहरुलाई दक्ष कार्यक्रम सञ्चालक बनाउने दावी गरे । अर्का प्रशिक्षक, सञ्चारकर्मी ऋषि बुढाथोकीले अंग्रेजी माध्यमबाट कार्यक्रम संचालन गर्ने उद्घोषकहरुको पोखरामा अभावलाई नेपाल क्रियशनमा शुरु भएको तालिमले परिपूर्ति गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल क्रियशन एकेडेमीका प्रिन्सिपल ज्ञानेन्द्रबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको तालिमले असल उद्घोषकहरु जन्माउने अपेक्षा गर्दै प्रशिक्षार्थी विद्यार्थीहरुले अनुशासित भई तालिममा धेरै भन्दा धेरै ज्ञान हासिल गर्न आग्रह गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन शिक्षक नारायण प्रसाद बरालले गरेका थिए । तालिममा विद्यालयका करिब ६० जना विद्यार्थीको सहभागीता रहेको बताइएको छ

Post a Comment

 
Top