0
गोल्डेन न्यूज संवाददाता
पोखराका महिलाहरुले भदौ १४ गते सोमबार शान्ति तथा सद्भाव ¥याली निकाल्ने भएका छन् । पोखरा उपमहानगरपालिका नगर महिला समन्वय समितिको अगुवाईमा ¥याली निकाल्न लागिएको हो । पोखराको सभागृहचोकबाट शुरु हुने ¥याली न्यूरोडहुदै चिप्लेढुङगा मानव अधिकारचोकमा पुगेर सभामा परीणत हुने समितिकी अध्यक्ष पवित्रा गुरुङले जानकारी दिईन् । मुलुकमा शान्ति कायम गर्न र नेपाली÷नेपालीवीच सद्भावको सन्देश दिने उद्देश्यले ¥याली आयोजना गर्न लागिएको हो । हामी मुुलुकमा शान्ति चाहन्छौ, नेपाली÷नेपालीवीच सद्भाव चाहन्छौ अध्यक्ष गुरुङले भनिन्– ¥याली मार्फत शान्ति कायम गर्न तथा नेपालीवीचको सद्भावलाई नविग्रने गरी काम गर्न राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराउँछौं ।  ¥यालीको तयारी तीव्र पारिएको छ । पोखराका २८ वटै वडामा महिला समन्वय समितिहरुको बैठक बसि तयारी तीव्र पारिएको हो । ¥यालीमा पोखराका सबै वडाबाट उलेख्य संख्यामा महिलाहरुको सहभागिता रहने बताइएको छ । अध्यक्ष गुरुङले ¥यालीमा सहभागि भई शान्ति तथा सद्भावको पक्षमा उभिन सवैलाई आव्हान समेत गरेकी छन् ।  

Post a Comment

 
Top