0
गोल्डेन न्यूज संवाददाता 
वडा नागरिक सञ्च पोखरा–१९ ले वडा भित्र शान्ति सुरक्षा कायम राख्न पहल गर्ने भएको छ । मञ्चको बैठकले वडा भित्र पछिल्लो समय शान्ति सुरक्षा खलल र सामाजिक विकृति, झै झगडा बढेको निष्कर्ष निकाल्दै त्यसको न्युनिकरणका लागी प्रहरी प्रशासन सँग सहकार्य गर्ने निणर्य गरेको मञ्चका संयोजक रविमानसिंह भण्डारीले बताए । मञ्चले चाडपर्वमा हुने विकृति विसङ्गति अन्त्य गर्न पनि पहल गर्ने जनाएको छ । त्यस्तै साविकको लामाचौर गाविसका सवै वडामा सरसफाई अभियान चलाउने, अपाङ्ग, सवलाङ्ग समितिलाई सघाउने र वडा भित्रका विकाश निर्माण कार्यको अनुगमन गर्ने निर्णय गरेको छ । बैठकमा पोखरा उपमहानगरपालिकाले सार्वजनिक गरेको आगामी कार्यक्रमका बारेमा समेत छलफल गरिएको थियो ।






Post a Comment

 
Top