0
जीवनको यथार्वत सत्य मृत्यु हो । जसलाई रोक्न वा छेक्न सकिन् । राजनीतिबाट सामाजिक सेवा गर्ने उद्देश्यले निरन्तरतारुपमा लाग्नुभएका लोकप्रिय नेता रामजी पौडेल बादलको २०७२ साउन २८ गते साँझ राजनीतिको खोल ओडेर सुनियोजित रुपमा षडयन्त्र गरि गरिएको हत्याले सम्पूर्ण लोकतन्त्र प्रति आस्थावान राख्ने जनतालाई नतमस्तक बनाएको  छ । पछिल्लो समय, राजनीतिमा एउटा इमान्दार, निष्ठावान नेता रामजी बादलको हत्याबारे केही नबोल्ने राजनीतिक दलका नेताहरु, कुख्यात गुण्डाका नाइकेहरु कुमार घैटें होस् या दिनेश चरी मारिदाँ अतिरञ्जीत गरि सदनमा होस् या सडकमा हंगामा मञ्चाउने प्रवृत्तिको विकास हुनुले प्रस्ट पार्दछ की राजनीतिमा गलत मान्छेको हावी भएकोले आज रामजी बादलजस्ता इमान्दार नेताहरुको हत्या भएको छ । राजनीतिक संस्कारमार्फेत समाजलाई सकरात्मक दिशातर्फ अगाडी बढाउने हो भने बादल हत्या काण्डबारे सदनमा बहस हुनुपर्दछ । तबमात्र लोकतन्त्रमा इमान्दार कार्यकर्ताको न्याय हुनेछ । पछिल्लो समय राजनीतिमा नवधनाढ्य, दलाल, फटाहा, गुण्डागर्दीलाई राजनीतिमा भित्र्याएर निष्ठाको राजनीति गर्नेलाई हतोत्साहित गराई धकेल्ने जुन परिपाटीको विकास भएको छ त्यसको उपज हो बादल हत्याकाण्ड । नेपाल विद्यार्थी संघमा आवद्ध भई पञ्चायतकालदेखी निरन्तरता निस्वार्थ भावनाका साथ वि.पी.को समाजबादलाई अनुसरण गरि राजनीतीमा लाग्नुभएका रामजी बादल नेपाल विद्यार्थी संघ कास्कीको निर्वाचित सभापति हुँदै नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य साथसाथै पार्टीको विभिन्न तहमा रही जिम्मेवारी बहन गर्नुभएका रामजी बादलले आफूलाई एक कूशल, निष्ठावान नेताको रुपमा समाजमा उभ्याउनु भएको थियो । पञ्चायतकालीन अवस्थामा बादल उपनामबाट परिचित भई पटकपटक जेल जीवन विताएका बादल हक्की, निडर स्वभाव भएका बादलको जीवनशैली र लवाइ काँग्रेसी कार्यकर्ताले अनुसरण गर्ने लायक थियो । वाल्यकालदेखी राजनीतिमा निरन्तरतारुपमा लाग्नुभएका बादल कुनैपनि लाभको जिम्मेवारी नलिएको नेतामा पर्नुहुन्थ्यो । रामजी बादल दाइसँग २०६० को दशकदेखी नजिक भई राजनीतिमा सँगै यात्रा गर्ने अवसर मिल्यो । राजनीति यात्रामा उहाँ मेरोलागी एउटा राजनीतिक मार्गनिर्देशक, प्रेरणाका स्रोतका रुपमा अभिभावकत्व भूमिका निर्वाह गरेको आभाष महसूस गरेको थियो । उहाँ मेरा लागि सकारात्मक सद्भाव राखी अघि बढ्न उत्साह थप्ने काम गनुहुन्थ्यो । उहाँसँगको अन्तिम भेट साउन २८ गते दिउँसो तालचोकमा भएको थियो भने त्यही साँझ उहाँको हत्या गरियो । स्मरण गर्ने विभिन्न क्षणहरुमध्ये २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ बाट आफूलाई उम्मेदवारी प्रस्तुत गरी करिब १ महिना काठमाण्डौं बस्नुभएका बादलप्रति नेताहरुले चुनावी टिकट नदिएतापनि उहाँप्रति देखाएको सकरात्मक सद्भाव अनुकरणीय थियो । पछिल्लो १२औं महाधिवेशनमा कार्यकर्तालाई गुटवन्दी गरी बादलजस्ता योगदान दिएका इमान्दार कार्यकर्तालाई पाखा लगाएपनि उहाँ कुनै विचल्ली नभई निरन्तरता राजनीतिमा लाग्नुभएको थियो । नेपाली काँग्रेसको १३औं अधिवेशनको संघारमा उहाँको सक्रियता र लोकप्रियता बढेपछि उहाँमाथि षडयन्त्रपूर्वक नियोजित रुपमा हत्या गरियो त्यसले गर्दा आज लोकतन्त्रप्रति आस्थावान कार्यकर्ताप्रति आघात पुग्ने काम भएको छ । २०७२ साउन २७ गते तरुणदल कास्कीका उपाध्यक्ष नारायणहरी तिवारीलाई पार्टीमा आन्तरिक चुनावी मैदान होमिएको कारण उहाँमाथि तरुणदलका यूवा हूँ भन्ने जमातले आक्रमण गरेपछि उक्त घटनाबारे छलफल गर्नाका निम्ति २८ गते साँझ नेका नेता वृद्धिमान गुरुङको घरमा छलफल गरियो । छलफलपश्चात घर फर्कनेक्रममा तरुणदलको नाम जोडी हत्याधारी समुह रामजी पौडेल बादल, नारायणहरि तिवारी र युवा नेता मनोज गुरुङमाथि षडयन्त्रपूर्वक आक्रमण गरियो । सोही आक्रमणमा कहिले कसैको आँखामा नविझाउने लोकप्रिय नेता रामजी बादलको हत्या भयो भने नारायणहरी तिवारी र मनोज गुरुङ घाइते हुनुभयो । साउन २९ गते दिनभर लेखनाथ तनावग्रस्त रह्यो । राजनीतिको खोल ओडी गरिएको हत्याप्रति जनता पार्टीप्रति र केही व्यक्तिप्रति उत्तेजित अवस्थामा रहेको अवस्थामा आन्दोलनलाई नियन्त्रण गर्नेका लागी हामीले केही भूमिका निभ्याएका हौं । साउन ३० गते नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पोखरा आएर बादलका घरपरिवार र आफन्तलाई भेटघाट र छलफलपछि मात्र बादलको पार्थिव शरिरमा अन्तिम संस्कार गर्ने राजी भए । कास्की काँग्रेसको पार्टी कार्यालयमा नेका वरिष्ठ नेता शेरबहादुर देउवाले रामजी बादलको शवमा पार्टीको झण्डा ओडाउनु भयो भने उक्त शवमा श्रद्धाञ्जली दिनका निम्ति नेका महामन्त्री प्रकाशमान सिंह, केन्द्रिय सदस्यहरु गोपालमान श्रेष्ठ, एनपी सावद, चन्द्र भण्डारी, सभासदहरु, नेका पूर्व महामन्त्री तारानाथ रानाभाट लगायत हजारौं शुभचिन्तकले उहाँको पार्थिव शरिरमा पुष्पागुच्चा गरि सम्मानपूर्वक अन्तिम विदाई गरियो । अन्ततः रामजी बादल हत्याकाण्डमा सत्यतथ्य छानविन भई दोषीमाथि कार्वाही होस् तबमात्र उहाँप्रति सञ्चा श्रद्धाञ्जली हुनेछ ।

Post a Comment

 
Top