0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा सेती गण्डकीको १२औं पदस्थापन कार्यक्रम पोखरामा सम्पन्न भयो । कार्यक्रममा बर्ष २०१४÷०१५ का अध्यक्ष निर्मला मल्लले बर्ष २०१५÷०१६ का अध्यक्ष मिलन थापालाई पदभार हस्तान्तरण गरेकी थिइन । कार्यक्रममा अमरसिंह उच्च माविमा कक्षा ८ मा अध्ययनरत सागर थपलियालाई क्लबबाट सञ्चालित एलिजा छात्रवृत्ति कोषबाट रु. १० हजार नगदको छात्रवृत्ति कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बि १ का गर्भनर धु्रबबहादुर थापा र लायन्स क्लब अफ पोखरा सेती गण्डकीका बर्ष २०१४÷० १५ की अध्यक्ष निर्मला मल्लले प्रदान गरेका थिए । एसएलसी उत्तीर्ण क्लबमा आवद्ध सदस्यका छोराछोरीलाई त्यस अवसरमा प्रशंसापत्रले सम्मान गरिएको थियो । क्लबकी पूर्व अध्यक्ष निर्मला मल्लले आफ्नो कार्यकालमा बिभिन्न कार्यक्रमका संयोजक रहि कार्यक्रम तथा कार्यकाल सफल बनाउन सघाए बापत कार्यक्रमका संयोजकहरुलाई सम्मान गरेकी थिइन । क्लबले यस बर्ष ३ वटा नया क्लब स्पोन्सर गरेको बताइन्छ । जसमा लायन्स क्लब अफ पोखरा टुरिजम सिटी, लायन्स क्लब अफ पोखरा ब्युटी सिटी र लायन्स क्लब अफ पोखरा अमर बुद्ध रहेका छन् । मातृक्लबका रुपमा क्लबले प्रायोजन गरेका ३ वटा नया क्लब मध्य टुरिजम सिटीको चार्टर हस्तान्तरण तथा पदस्थापन र अन्य क्लबको पदस्थापन तथा पिन हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नयाँ क्लब लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले शतप्रतिशत एनएलएफ रकम वापत २ लाख १४ हजार २ सय रुपैया क्लबका अध्यक्ष प्रदिप कुँवर र कोषाध्यक्ष एकराज गिरीले तथा लायन्स क्लब अफ पोखरा सेती गण्डकीको तर्फबाट रु. ३ लाख १४ हजार ७ सयको चेक क्लबका अध्यक्ष मिलन थापाले डिष्ट्रिक्ट गर्भनर धु्रब बहादुर थापालाई प्रदान गरेकी थिइन । कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गर्भनर ध्रुब बहादुर थापाले क्लबले एकै बर्षमा ३ वटा नयाँ क्लब स्पोन्सर गरेकोमा खुशी प्रकट गरे । उनले आफ्नो कार्यकालमा सेवाको आवश्यकता रहेको जुनसुकै ठाँउमा सेवा गर्न तत्पर रहेको बताए ।  क्लबका अध्यक्ष मिलन थापाले आफ्नो क्लब महिलाहरु मात्र संलग्न रहेको क्लब भए पनि समाजसेवाका लागि क्लबका सबै सदस्यले उत्तिकै योगदान गरेर अगाडि बढाउन सकेको बताइन । लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष लायन प्रदिप कुँवरले युवाहरुलाई समाजसेवाको बाटो तर्फ अगाडि बढाउनका लागि लायन्स क्लबमा आबद्ध भएको बताइन ।  कार्यक्रममा लायन्स क्लब अफ पोखरा सेती गण्डकीका बर्ष २०१४÷०१५ का अध्यक्ष  निर्मला मल्लले क्लबको गत बर्षको कार्यप्रगति प्रतिबेदन, सचिव बिष्णु पौडेलले बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष शुभद्रा श्रेष्ठले आर्थिक प्रतिबेदन पेश गरेका थिए । कार्यक्रममा जोन चियर पर्सन कृष्ण बहादुर अधिकारी, चिफ एडभाइजर  इन्दु लम्साल, मल्टिपल काउन्सिल चियर पर्सन प्रेम बहादुर श्रेष्ठ, मल्टिपल चियरपर्सन गिरीधारी शर्मा, रिजन चियरपर्सन देवकुमारी हिराचन, लायन्स क्लब अफ पोखरा ब्युटी सिटीका अध्यक्ष चिनु गुरुङ, लायन्स क्लब अफ पोखरा अमरबुद्धका अध्यक्ष गोमा क्षेत्री,  सचिव कल्पना थापा र बिष्णु पौडेल लगायतले बोलेका थिए ।           

Post a Comment

 
Top