गोल्डेन न्यूज संवाददात
स्वयं हिँसाबाट पीडित र प्रताडित भएका ग्रामिण महिलाहरुको सञ्जाल महिला अधिकार मञ्च कास्की अन्तर्गत बिभिन्न वडा, गाविस र नगरपालिकामा संगठित भएका मञ्च सदस्यहरुको लागि सिद्धार्थ क्लब पोखरा र बाल तथा महिला शसक्तिकरण समाज नेपालको संयुक्त आयोजनामा नेतृत्व तथा संस्थागत क्षमता अभिबृद्धि सम्बन्धी तीन दिने तालिम शुक्रबार पोखरामा सम्पन्न भएको छ । सिद्धार्थ क्लब पोखराका अध्यक्ष दिपेन्द्र मर्सानीको अध्यक्षतामा सम्पन्न तालिममा महिला तथा बालबालीका कार्यालय कास्कीका प्रमूख महिला बिकास अधिकृत लक्ष्मी जीसी, पोखरा उपमहानगरपालीकाका दुर्गा न्यौपाने, गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्का, एड्भोकेसी फोरम कास्कीका अध्यक्ष सरला पाण्डे लगायत आयोजक संस्थाका अध्यक्ष सीता भट्टराई, कार्यक्रम संयोजक दुर्गा शर्मा, दुर्गाप्रसाद खनाल, नागरीक शिक्षा अधिकृत ईन्दीरा पराजुली, मनकुमारी तीलीजा पुन, बलराम तिमिल्सिना लगायतका सहकर्ताहरुले तालिममा सहजिकरण गरेका थिए । महिला अधिकार मञ्चको परिचय, सांगठनिक नियमावली तथा त्रिबर्षीय रणनीति पत्र, समूहको महत्व, आवश्यकता र यसको भूमिका, समूह परिचालन, महिला सशक्तिकरण, महिला हिँसा र यसका कारक तत्वहरु, लिङ्ग तथा लङ्गभेद र यसको असर, पितृसत्ता, समता र समानता बीचको भिन्नता सम्बन्धीत बिषयमा सहजकर्ताहरुले सहजिकरण गरेका थिए । महिलाहरुको समाजमा राजनीतिक पहुँच र नियन्त्रणका साथै हरेक समितिहरुमा सभागीता बृद्धि गर्नका लागि यसप्रकारका कार्यक्रमहरु नियमित रुपमा संचालन गरेको भन्दै आयोजक संस्थाका अध्यक्षहरुले अब महिला अधिकार मञ्चको दिगोपन र आर्थिक हैसियत अभिबृद्धि गर्दै घर समाजमा खटपट र झै–झगडा तथा हिँसा र्लाइ शुन्यमा पु¥याउनका लागि बिभिन्न उत्प्रेरणामूलक र सीपमूलक तालिम प्रदान प्रतिबद्धता ब्यक्त गरे । सिद्धार्थ क्लबका सचिव पार्वती माकाजु, सीडब्लुईयसका सदस्य बिमला भण्डारी, महिला अधिकार मञ्च कास्कीका अध्यक्ष कल्पना ढकाल, सचिव पार्वती आचार्य, सदस्यहरु शान्ति गौतम, सृजना परियारले बोलेका थिए । सो तालिममा ढीकुरपोखरी, अर्मला, कालीका, काहुँ, कृस्ती, भलाम, सराङ्गकोट, लामाचौर लगायतका क्षेत्रका ३३ जना महिलाको सहभागीता रहेको थियो ।
Post a Comment