0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं २६ सराङ्गकोट र २४ कृस्ति मा स्थानीय महिला तथा स्थानीय करदातालाई आन्तरिक राजस्व कार्यालय कास्कीको सहकार्यमा कर सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । सिद्धार्थ क्लब पोखराको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा स्थानिय वडा नागरिक मञ्चका प्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सहकारीका प्रतिनिधिहरु, महिला समन्वय समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आन्तरिक राजस्व कार्यलय पोखराका कर अधिकृतद्वय विजयप्रसाद लामिछाने र दोविन्द्रप्रसाद दाहालले सहजीकरण गरेका थिए । कार्यक्रममा सहजकर्ता के कस्ता कारोबारमा कर लाग्छ लाग्दैन । करको दायरा, बहाल कर, मूल्य अभिबृद्धि लगायतका बिषयमा सहजीकरण गरेका थिए । वडा नं २६ को कार्यक्रममा वडा नागरिक मञ्चका संयोजक मित्रमणि तिमिल्सिना, नेकपा एमाले वडा कमिटी अध्यक्ष रण बहादुर थापा, साना किसान कृषि सहकारी सस्थांका अध्यक्ष भोजकुमारी थापा, समाजसेवी दिनेश श्रेष्ठले आफ्ना भनाईहरु राखेका थिए ।   कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष दिपेन्द्र मर्सानीले वडा स्तरीय विपद् व्यवस्थापन समितिका अध्यक्ष वडा नं २४ का सचिब प्रजापति बराललाई तथा वडा नं २४ मा क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले वडास्तरीय विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा वडा सचिव रुद्रप्रसाद बस्ताकोटी लाई विपद् पूर्वतयारीका लागि त्रिपाल र जस्ता पाता हस्तान्तरण गरिएको थियो । बिपद्को समयमा अतिआवश्यक सामाग्री आफ्नै नजिकको निकायमा होस भन्ने उद्देश्यले सामाग्री हस्तान्तरण गरिएको क्लबका अध्यक्ष मर्सानी बताए । दुबै वडालाई करिब ५० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको उपाध्यक्ष अनिल श्रेष्ठ जानकारी दिए । कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष दिपेन्द्र मर्सानी, उपाध्यक्ष अनिल श्रेष्ठका साथै क्लबका व्यवस्थापन प्रमुख सुशिल पराजुली, बाल प्रायोजन प्रमुख बलराम तिमिल्सिना लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन सामाजिक परिचालक हेमराज अधिकारी र रश्मी भण्डारीले गरेका थिए ।


Post a Comment

 
Top