नेपाल आदिवासी जनजाति महासंघले आव्हान गरेको दुई दिने नेपाल बन्द सम्पन्न भयो । बन्द समापन गर्न आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले आदिवासी जनजातिको माग पुरा नगरिए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए । नेपाल आदिवासी जनजाति महासंघका संस्थापक सदस्य गणेशमान गुरुङले आदिवासी जनजातिको न्यायोचित माग पुरा गराउन बन्दुक उठाउन पर्ने अवस्था नआओस भन्ने चेतावनी दिए । कार्यक्रममा आदिवासी जनजाति महासंघका सल्लाहकार लोकबहादुर थापा, तमु राष्ट्रिय मुक्ति मोर्चा कास्कीका अध्यक्ष धर्म तमु, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीका अध्यक्ष राजकुमारी भुजेल, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती भुजेल लगायतले सरकारले आदिवासी जनजाति महासंघलाई वार्तामा बोलाउनु अघि विगतका सहमति सम्झौता कार्यन्वयन गर्न आग्रह गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment