गोल्डेन न्यूज संवाददाता
सिटी रेवान पोखराले कास्कीका बाढि पहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ । सो संस्थाले बिहीबार कार्यक्रम गरी कास्कीको भदौरे तामांगी गाविसका ९ पहिरो पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो । सिटी रेवानले ३६ हजार ६० रुपैया पहिरो पीडित परिवारलाई हस्तान्तरण गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि सिटी रेवानका संस्थापक चिरञ्जिवि श्रेष्ठ, अध्यक्ष के.पी शर्मा पाध्या, प्रथम उपाध्यक्ष पिताम्बर पौडेल, महासचिव दिपक तिमिल्सिना, कोषाध्यक्ष दिपक नेपाल, सहकोषाध्यक्ष बन्धु सुवेदी, सदस्य निशा पन्थी लगायतले पहिरो पीडित परिवारलाई आर्थिक सहयोग वितरण गरेका थिए। कार्यक्रममा बोल्दै सिटी रेवानका संस्थापक अध्यक्ष चिरञ्जिवि श्रेष्ठले दुःखमा नआत्तिन पहिरो पीडित परिवारलाई आग्रह गरे। उनले दुःखलाई विर्सदै अघि बढ्नु पर्नेमा जोड दिए। पत्रकार नवीन सिग्देलले जनतालाई समस्या पर्दा सबैभन्दा पहिलो जनता नै अघि सर्ने गरेको बताए । नेपाल रेडक्रस सोसाईटी भदौरे उपशाखाका अध्यक्ष भवानीप्रसाद अधिकारीले अकल्पनिय घटनाका कारण स्थानीय जनता नराम्ररी त्रसित बनेको बताए । सिटी रेवान पोखराका अध्यक्ष के.पी शर्मा पाध्याको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव जीवन दाहालले कार्यक्रमको उदेश्य बारे प्रकाश पारेका थिए भने महासचिव दिपक तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए । साउन १३ गतेको बाढि पहिरोमा परी भदौरेमा ९ परिवारका १२ जनाको मृत्यू भएको थियो भने १७ जना घाइते भएका थिए । घाइतेमध्ये १२ जनाको अझै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार भै रहेको छ । उपचार गराई रहेका मध्य दुईको अवस्था चिन्ताजनक रहेको छ । सिटी रेवानले सरसफाई, रक्तदान, फुड फेष्टिबल जस्ता कार्यक्रमगर्दै आइरहेको महासचिव दिपक तिमिल्सिनाले जानकारी दिए ।
Post a Comment