0
गोल्डेन न्यूज संवाददाता 
पोखरा–५, पस्र्याङमा रहेको शान्ति निकेतन स्कुलले प्रवेशिका परीक्षा २०७१ मा सहभागी भई उत्तिर्ण आफ्ना सवै विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रमको अयोजना गरी सम्मान गरेको छ । विद्यार्थीहरुलाई मायाँको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालयका संस्थापक अध्यक्ष सह–प्रध्यापक डा. सरोज कोइरालाले विद्यालय लेवल उत्तीर्ण गरिसकेपछि विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्दा विषय छनोट लगाएतका विषयमा विशेष ध्यान पु¥याउनुपर्ने वताए । उनले धेरै अंक प्राप्त गर्ने विद्यार्थीले विज्ञान विाषयमात्र लिएर पढ्नुपर्ने मान्यता गलत रहेका धारणा राखे । उनले समाजिक विज्ञानको महत्व पनि उत्तिकै रहेको वताएका थिए । उनले प्रवेशिका परीक्षा पास गरेका सवै विद्यार्थीहरुलाई उच्च शिक्षा प्राप्तिमा महत्वपूर्ण सफलताको समेत कामना गरे । त्यस्तै विद्यालयका प्रिन्सिपल महेश्वर पराजुलीले उत्तीर्ण सवै विद्यार्थीलाई बधाई दिदै उच्च शैक्षिक सफलताको कामना गरेका थिए । उनले सवै शिक्षक र अविभावकको प्रायास र विद्यार्थीको मेहनतका कारण सत प्रतिशत विशिष्ट श्रेणिको नतिजा हात पार्न सफल भएको बताउँदै आगामी दिनमा समेत अविभावकको यस्तै मायाँ पाईरहने अपेक्षा प्रकट गरे । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भूत्र्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य एवं बाराही उच्च माविका प्राचार्या शिव प्रसाद भण्डारी, विद्यालय ब्यवस्थापन समिति सदस्य पुरुषोतम पराजुली, सल्लाहकार एवं बाराही उमाविका पूर्व प्रधानाध्यापक सोमनाथ भूत्र्याल, सल्लाहकार दोर्णराज अधिकारी, विद्यालयका शिक्षक हेम सुवेदी र सम्मानित विद्यार्थीको तर्फबाट पूजा बस्ताकोटी लागायतले आ–आफ्नो धारणा राखेका थिए । प्रवेशिका परिक्षामा सो विद्यालयबाट सहभागी रहेका १७ जना सवै विशिष्ट श्रेणीमा उत्तिर्ण भएका हुन् । सो अवसरमा शिक्षक केशव अधिकारीलाई विशेष सम्मान गरिएको थियो भने शिक्षकहरु यदुनाथ भूत्र्याल, हेम सुवेदी, महेश्वर पराजुली, सुरज सिग्देल र सुरज बसेललाई प्रमुख अतिथि डा. कोइराला र ब्यवस्थापन समितिका अध्यक्ष भूत्र्यालले सम्मान पत्र सहित सम्मान गरेका थिए ।

Post a Comment

 
Top