0
गोल्डेन न्यूज संवाददाता
स्याङजाली सम्पर्क सदन पोखराका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिको पदस्थापन कार्यक्रम मंगलबार पोखरामा सम्पन्न भयो । सदनको २३आंै साधारणसभा तथा ११औं अधिवेशनले आगामी दुई वर्षका लागि सर्वसम्मत रुपमा चयन गरेको नयाँ कार्य समितिले सपथ ग्रहण गरी पदस्थापन गरिएको हो ।  सदनको शनिवार सम्पन्न अधिवेशनले चिरञ्जिवी पोख्रेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा टेकनारायण पौडेल, द्वितीय उपाध्यक्षमा लालीमाया रेग्मी, तृतीय उपाध्यक्षमा गणेशप्रसाद शर्मा, महासचिवमा टंकप्रसाद खनाल, सचिवमा ताराबहादुर विक, कोषाध्यक्षमा लालप्रसाद श्रेष्ठ, सहकोषाध्यक्षमा आनन्द अर्याल निर्वाचित भएका छन् । साथै सदस्यहरुमा डोलराज पाण्डे,मेजर लक्ष्मीप्रसाद गुरुङ, कोपीला तिवारी, ख्यामनारायण काफ्ले, यज्ञपुरुष ढकाल, विष्णुमाया गुरुङ, किशोरकुमार पौडेल,धु्रर्वबन्धु पौडेल, खरिलाल पौडेल,दोवबहादुर कार्की, इश्वरी गौतम,गोविन्द काफ्ले र गिरीधारी शर्मा चयन भएका छन् । निर्वाचन समितिका संयोजक एवम् सदनका सल्लाहकार प्रा.डा दीलबहादुर क्षत्रीले नव निर्वाचित कार्यसमितिलाई पदस्थापन गराउँदै सामाजिक तथा सेवामुखि संस्थामा राजनीति नगर्न तथा नगराउन आग्रह गरे । उनले गैरराजनीतिक विशुद्ध सामाजिक सेवाको भावले स्थापित सदनलाई सवैले अपनत्व गर्ने गरी सामाजिक गतिविधिहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । डा.क्षत्रीले स्याङ्जा जिल्लाको शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, जलविद्युत लगायत विकासका सम्भाव्य क्षेत्रहरुको बारेमा समेत अध्ययन अनुसन्धान गर्नु पर्ने खाँचो औंल्याए । सदनका संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठले सदस्यता वितरणमा विशेष ध्यान दिनुपर्ने बताउँदै पोखरामा बसोवास गर्ने सवै क्षेत्र, भुगोल, पेशा व्यवसायमा संलग्न स्याङ्जालीलाई समावेश गरिनुपर्नेमा जोड दिए ।नवनिर्वाचित सदनका अध्यक्ष चिरञ्जिवी पोख्रेलले पोखरामा बसोबास गर्ने सम्पूर्ण स्याङ्जालीहरु लाई सदनमा आवद्ध गराउने बताउँदै स्याङ्जाको समग्र विकास र हितलाई ध्यान दिई सामाजिक सेवाको भावले आगामी दिनमा सदनलाई अगाडि बढाउँने प्रतिवद्धता व्यक्त गरे । पदस्थापन कार्यक्रममा सदनका सल्लाहकार पीताम्वर शर्मा नेपाली, पूर्व अध्यक्ष महेन्द्र प्रकाश पौडेल तथा पूर्व अध्यक्ष अनिलकुमार शाहीले नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Post a Comment

 
Top