0

गोल्डेन न्यूज संवाददाता
बन्द र हड्तलाको विकल्प खोज्नुपर्ने र पोखरालाई बन्द मुक्त क्षेत्र घोषणा गर्नुपर्ने मागसहित शुक्रबार पोखरामा शान्ति तथा सद्भाव ¥याली निकालिने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आह्वानमा बुधबार सम्पन्न सरोकारवालाहरुको भेलाले देशमा खल्बलिँदो शान्ति सुरक्षाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सो निर्णय गरिएको हो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुुकुमार थापाका अनुसार शुक्रबार बिहान ८ बजे पोखरा उद्योग वाणिज्य संघको सचिवालय गैह्रापाटनबाट सुरु हुने शान्ति तथा सद्भाव ¥यालीमा सहभागि हुन यहाँ क्रियाशिल राजनीतिक दलहरु, पोखराका उद्योगी÷व्यवसायी, नागरिक समाज, आमा समूह, विद्यार्थी, युवाहरु, जातीय संघ÷संस्था, गैर सरकारी संस्था, टोल विकास संस्था लगायत सम्पूर्ण पोखरेलीहरुलाई आह्वान गरिएको छ । विभिन्न राजनीतिक दल तथा समूहहरुबाट आह्वान हुने बन्द र हड्तालको मारबाट पोखरालाई सदाको लागि मुक्त गर्न तथा पर्यटकीय नगरी पोखरालाई बन्दमुक्त क्षेत्र घोषणा गर्न दवाब दिने उद्देश्यले ¥याली निकाल्न लागिएको हो । ¥याली कुनै राजनीतिक दल र समूहप्रति लक्षित नभई देशको बिग्रंदो अवस्थालाई ध्यानमा राखेर आयोजना गरिएको हो । ‘जसले आह्वान गरे पनि बन्द र हड्तालले क्षति पु¥याउने भनेको देशको अर्थतन्त्रलाई हो, दुःख पाउने हामीले नै हो’, बुधबार आयोजित कार्यक्रममा उनले भने–‘बन्द र हड्तालको विकल्प खोजिनुपर्छ र कम्तिमा पोखरालाई सदाको लागि बन्दमुक्त क्षेत्र घोषणा गर्दै त्यसको कार्यान्वनय हुनुपर्छ भन्ने हाम्रो आह्वान हो ।’ शुक्रबारको शान्ति तथा सद्भाव ¥यालीमा बन्द सदाको लागि बन्द गरौँ, बन्दको विकल्प खोजौँ, गरि खान देउ, सामाजिक सद्भाव कायम राखौँ लगायतका प्लेकार्ड बोकेका हजारौँ पोखरेलीहरु सडकमा उत्रने  उनले अपेक्षा गरे । देशैभर आह्वान भएका बन्द र हड्तालले नागरिकको दैनन्दिन जीवन कष्टकर बन्दै गएको तथा सामाजिक सद्भाव समेत खल्बलिएको अवस्थालाई मध्यनजर राख्दै सम्पूर्ण पोखरेलीहरु यो अभियानमा सरिक हुने अध्यक्ष थापाको अपेक्षा रहेको छ ।  बुधबार भएको छलफल कार्यक्रममा बोल्ने पोखरा पर्यटन परीषदका अध्यक्ष सोम थापाले बन्द र हड्तालले पर्यटन क्षेत्र तहसनहस बनेकोको प्र्रति सम्वेदनशील हुन सबैसँग आग्रह गरे । पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरत पराजुलीले आफूहरुले कसैसँग मुठभेड नचाहेको तर बन्दको विरुद्धमा सडकमा ओर्लनुको विकल्प नभएको बताए । पोखरा भाँडा व्यवसायी संघका अध्यक्ष कुश कार्कीले बन्द र हड्तालले कसैको भलो नगर्ने भएकोले नागरिक स्तरबाटै बन्द विरुद्ध आवाज उठाउने बेला आएको बताए । पोखरा सिटी रेवानका अध्यक्ष केपी शर्मा पाध्याले बन्दविरुद्ध राजनीतिक दलहरुबाटै प्रतिवद्धता आए पनि कार्यान्वयन नभएकोमा दुःख व्यक्त गरे । इन्सेक पश्चिमाञ्चलकी कार्यक्रम संयोजक सवनम शर्माले लगातारका बन्द र हड्तालसँगै उत्पन्न कटुताले मानवीय संवेदनशीलतामाथि समेत धावा बोलेको बताइन् । पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य हिरा भट्टराईले बन्दको बेला आफ्नो व्यवसाय खोल्ने सवालमा व्यवसायीहरु एक हुनुपर्ने बताइन् । सामाजिक अभियन्ता पवित्रा गुरुङले सद्भाव ¥यालीमा व्यापक महिला सहभागिता रहने जनाइन् । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विश्वशंकर पालिखेले यो अभियानमा नागरिक समाज र जनजातिको व्यापक सहभागिता हुनुर्नेमा जोड दिए ।  मदिरा व्यवसायी संघ कास्कीका अध्यक्ष तारानाथ ढुंगानाले नेपाल उद्योग वाणिज्य महासंघले बन्द विरुद्ध सशक्त कार्यक्रम चलाउनु पर्नेमा जोड दिए । पोखरा हार्डवयर एशोसिएशनका अध्यक्ष प्रेम पौडेलले अब शनिबार पनि व्यवसायीले पसल खोल्ने दिन आएको बताए । हार्डवयर एशोसिएशनका महासचिव  होमनाथ विरौलाले बन्दविरुद्ध व्यवसायिकको दह्रो एकताको वकालत गरे । पोखरा ग्याँस व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद त्रिपाठीले बन्द र हड्तालका गतिविधीविरुद्ध सशक्त कार्यक्रम आयोजना गर्न ढिलाई गर्न नहुने बताए । पोखरा फ्लोरिसिङ तथा फर्निसिङ व्यवसायी संघका रहमोहन सुवेदीले व्यवसायी तथा नागरिक समाजका सदस्यहरु आफ्नो पार्टीले आह्वान गर्ने बन्द विरुद्ध उठ्नुपर्नेमा जोड दिए । कास्की जिल्ला बार एशोसिएशनका सचिव दीपकराज पौडेलले बन्दलाई अन्तिम विकल्प बनाउन बन्द आयोजकहरुलाई दवाब दिनुपर्ने बताए । गण्डकी मेकानिकल वक्र्स एशोसिएशनका अध्यक्ष कुलबहादुर नेपालीले बन्दलाई समर्थन गर्नेहरुलाई सकारात्मक तरिकाले सही बाटोमा ल्याउनु पर्ने सुझाव दिए ।
पृथ्वी होटल संघका सचिव कमल न्यौपानले बन्द र हड्तालका श्रृंखलाका कारण कहिले काँहि छिमेकीले बिहान ढिलासम्म  व्यवसाय नखोल्दा पनि आज बन्द रहेछ कि भन्नुपर्ने अवस्था आएको बताए । एन प्याब्सनका उपाध्यक्ष  रामबहादुर थापाले बन्दको विरुद्धमा उठने क्रममा कसैसँग नडाउने दिन आएको बताए । पश्चिमाञ्चल अटोमोवाइल्स डिलर्स एसोसियनका अध्यक्ष माधव पौडेलले सद्भाव सन्देश दिने कार्यक्रम भव्य हुनुपर्नेमा जोड दिए । यातायात व्यवसायी गोकर्ण कार्कीले यातायात व्यवसायी सबै खाले बन्दको विरुद्धमा भएको बताए । व्यवसायी बालकुमार श्रेष्ठले बन्दले गर्दा घरभाडा तिर्न मुस्किल भएको गुनासो गरे । कपडा व्यवसायी संघका  अध्यक्ष यमनाथ तिमिल्सिनाले व्यवसायीहरु सहँदा सहँदा थाकिसकेकोेले बन्द विरुद्ध उभिनु परेको बताए ।यसैबीच अनेरास्ववियू कास्कीले बुधबार पोखरामा शान्ति तथा सद्भाव ¥याली निकालेको छ ।  देशमा बढ्दै गइरहेको हत्या हिंसाका घटना र सामाजिक रुपमा देखा परेका जातिक, भाषिक, धार्मिक खालका सङ्क्रिणता युक्त सोचहरुको अन्त्य र विभेद रहित संविधान निर्माणका लागि शान्तिपूर्ण सचेतनाको लागि सद्भाव ¥याली आयोजना गरेको हो । पृथ्वीनारायण क्याम्पसको गेटबाट सुरु भएको ¥याली नदीपुरm पालिखेचोक हुँदै महेन्द्रपुलमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै अनेरास्ववियु त्रि.वि. जिल्ला कमिटी कास्कीका अध्यक्ष विवेक देवकोटाले अनेरास्ववियुले राष्ट्रियता रक्षाको पहरेदारी गर्ने बताए । कार्यक्रममा अनेरास्ववियु गण्डकीका कोषाध्यक्ष आशिर्वाद सुवेदीले शान्तिपूर्ण आन्दोलन मार्फत् नै परिवर्तन सम्भव भएकाले आन्दोलनलाई शान्तिपूर्ण तथा सद्भावपूर्ण बनाउन सम्बन्धित पक्षलाई आग्रह गरे । कार्यक्रममा अनेरास्ववियु भुगोलका अध्यक्ष शेखर गौतम, त्रि.वि.केन्द्रीय कमिटीका उपाध्यक्ष अर्जुन अधिकारी अनेरास्ववियु केन्द्रिय सदस्यहरु सरिता पुरी, हरिबोल गौतम लगायतको पनि उपस्थिति रहेको थियो । कोणसभाको सञ्चालन कमिटीका सचिव अमृत ढकालले गरेका थिए । मंगलबार पोखराको इन्जिनियरिङ्ग अध्ययन संस्थानका विद्यार्थीहरुले सद्भाव ¥याली निकालेका थिए ।



Post a Comment

 
Top