0
कास्की जिल्ला अदालतले छिटोछरितो र झन्झटमुक्त सेवा सुरु गरेको छ । ‘छिटो छरितो सेवाः हाम्रो प्रतिवद्धता’ नाराका साथ कास्की जिल्ला अदालतले सेवाग्राहिका लागि झन्झटमुक्त सेवा सुरु गरेको हो । अदालतले नक्कल दिने, पेशी÷तारेख तोक्ने, गुज्रेको तारेख थाम्ने थमाउने, वारेसनामा सकारनामा सम्बन्धी कार्य, मिलापत्र, पुनरावेदन फिर्ता, तामेली लगायतको निवेदन दर्ता गर्ने, लिखित जवाफ वा अन्य प्रमाण कागजात पेश गर्ने, जुनसुकै फुटकर निवेदन दर्ता वा दरपीठ गर्ने, पेसी तारेख लगायत मुद्दाको कारवाही सम्बन्धि जानकारी सूचना लिनेदिने लगायतका काम एक घण्टा भित्र उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ । छिटोछरितो झन्झटमुक्त सेवाको सुरुवातले अदालतप्रति जनविश्वास बढ्ने र सेवाग्राहीले सहजता महसूस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार दिनबन्धु बरालको विश्वास छ । अदालतमा रहेको सूचना कक्षलाई प्रभावकारी बनाउँदै अदालत परिसरमा अलमलमा परेका सेवाग्राहीलाई सम्बन्धित फाँटमा र शाखामा पु¥याउने  व्यवस्था समेत मिलाइएको स्रेस्तेदार बरालले बताएका छन् । यो सेवाको प्रभावकारिताका सम्बन्धमा प्रत्येक महिना प्रतिवेदन तयार गरेर प्रधानन्यायाधीशको सचिवालमा पठाइने उनले जनाएका छन् ।


Post a Comment

 
Top