गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा समर्पणको वार्षिक कार्यक्रम अन्तर्गत बुधबार पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३२५ बी १ का गभर्नर धु्रव थापाले प्रथम रक्तदाता क्लबका संस्थापक अध्यक्ष अर्जना प्रधानलाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि थापाले क्लबका यस्तै सिर्जनशील कार्यक्रमहरुले गर्दा क्लबको गरिमा उँचो रहेको बताए । ५३ युनिट रगत संकलन भएको कार्यक्रममा फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटी, पूर्व डिस्ट्रिक्ट गर्भनर योगेन्द्र प्रधान, क्याविनेट कोषाध्यक्ष प्रजापति बाँस्तोला, डिष्ट्रिक्ट चिफ एरिया को–अर्डिनेटर तीर्थराल श्रेष्ठ, लायन्स ब्लड बैंक प्रोजेक्टका डिष्ट्रिक्ट चिफ सोनम साङ्पो लगायतले रक्तदातालाई प्रमाणपत्र प्रदान गरेका थिए । यसैगरी डिष्ट्रिक्ट एडभाइजर राम बसेल, एमजेएफ विमला श्रेष्ठ, डम्बरबहादुर श्रेष्ठ, दिनबन्धु पौडेल, डिष्ट्रिक्ट ब्लड डोनेसन कमिटीका चियर पर्सन किशोर बराल, सदस्यहरु सुशिला थापा, र जगदिश अधिकारी रेडियो अन्नपूर्णका कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठलगायतले पनि रक्तदातालाई प्रमाणपत्र प्रदान गरी कार्यक्रममा सहयोग पु¥याएका थिए । कार्यक्रमलाई रक्त सञ्चार केन्द्रका अर्जुन ज्ञवालीसहित पाँच जनाको टोलीले प्राविधिक सहयोग पु¥याएको थियो । कार्यक्रम संयोजक अञ्जु श्रेष्ठले स्वागत गरेको कार्यक्रममा क्लबका अध्यक्ष आभा जोशीले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरिन् । उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव मिना लाभाजुले गरेकी थिइन् ।
Post a Comment