0
गोल्डेन न्यूज संवाददाता
महिलाहरुको महानपर्व हरितालिका तीज नजिकिदैं जाँदा पोखरा टे«डमलको रोयल पोखरा रेष्ट्रो एण्ड लन्ज बारमा दर खुवाउने कार्यक्रम आयोजना गरियो । रामबजार क्षेत्रका आफ्नो समुदायलाई समेटी महिला हकहित र कलासंस्कृतिको संरक्षण गर्ने उद्देश्य राखी स्थापित रामबजार नेवाःमिसाः पुचः रामबजार १०, १५ पोखराले दर खुवाउने कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा करीब २ सय महिलाहरु सहभागी थिए । कार्यक्रमका प्रमुख अतिथि एवम् नेवाः मिसाः पुचः कास्कीका प्रथम उपाध्यक्ष वकावली रन्जीत (शाक्य) र मिसाः पुचः का अध्यक्ष समिता रन्जीतले संयुक्त रुपमा केक काटी दर खुवाउने कार्यक्रमको उद्घाटन गरेका थिए । उनले नेपाली महिलाहरुको महान पर्व तिज हामी सबै नेपालीको हुनुपर्ने समयमा रामबजार नेवाः मिसाः पुचःले राखेको दर खुवाउने कार्यक्रमले हामी नेपाली एक हौं र सबै नेपालीको चाडपर्व हामी सबै जातजातिको हुनुपर्ने बताउँदै सबैको चाडबाडमा सबै सहभागी भई नेपाली एक होऔं भन्ने भावना जगाउनु पर्ने बताए । कार्यक्रममा मिसाः पुचःका सदस्य एवम् कार्यक्रम संयोजक शर्मिला प्रधानाङ्ग (श्रेष्ठ) ले सम्पूर्णलाई स्वागत गर्नुहुँदै कार्यक्रमको जानकारी गराउँदै कार्यक्रमबाट बचत रकमले रामबजार क्षेत्रको सामाजिक कार्यमा लगानी गर्ने बताए । कार्यक्रममा सबैभन्दा राम्रो नाच प्रस्तुत गर्ने २ जनालाई र सबैभन्दा धेरै टिकट बिक्री गर्ने १ जनालाई कलमि इन्फ्रो रामबजारको तर्फबाट कम्प्युटर कोर्स पढ्न इन्स्टिच्यूट जान नभ्याउने घरका गृहणी र अन्यहरुलाई घरमै बसी कम्प्युटर कोर्स प्न सक्ने सिडी १।१ थान उपहार प्रदान गर्दै उक्त अवसरमा कलमी इन्फ्रोका प्रोप्राइटर कमला गुरुङ्गले प्रथम हुनेलाई १०० प्रतिशत र द्वितीय र धेरै टिकट बिक्री गर्नेलाई ५० प्रतिशत छुटमा बेसिक र डिप्लोमा कोर्ष पढाउने र अन्य महिला दिदीबहिनीलाई विशेष छुटमा कम्प्युटर कोर्ष पढाउने बताइन । कार्यक्रममा नेवाः मिसाः पुचः रानीपौवा पोखरा ११ का अध्यक्ष सिता ढेवाजु, राम बजार नेवाः मिसाः पुचःका उपाध्यक्ष मैया रन्जीत लगायतले आ–आफ्नो विचार राखेको उक्त दर खुवाउने कार्यक्रममा सबैभन्दा उत्कृष्ट नाच प्रस्तुत गरी प्रथम हुने एलिसा थापा भुजेल र द्वितीय हुने सरिता रानामगरलाई रत्न इम्पोरियमबाट प्राप्त सारी पुरस्कार प्रदान गरिएको उक्त कार्यक्रममा सबैभन्दा बढी टिकट बिक्री गर्ने संस्थाका सदस्य शान्ति तझ्या (मसिना) लाई फ्लावर कलेक्सनबाट प्राप्त कुर्था पुरस्कार प्रदान गरिएको कार्यक्रममा अमृत बेकरी रामबजारबाट उद्घाटन केक सहयोग प्राप्त भएको जानकारी कार्यक्रम संयोजक शर्मिला प्रधानाङ्गले दिइन । कार्यक्रममा रामबजार क्षेत्र लगायत पोखराका सबै क्षेत्र र सबै जातजातिका महिलाहरुलाई सहभागी गराइएको उक्त कार्यक्रममा सहजीकरणको भूमिका रामजार तायाःमचाः नाच समितिका अध्यक्ष सम्मरबहादुर श्रेष्ठले निर्वाह गरेको उक्त कार्यक्रम रामबजार नेवाः मिसाः पुचःका अध्यक्ष सरिता रन्जीतको सभाध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रम संस्थाका सचिव अम्बिका राजभण्डारी (श्रेष्ठ) ले संचालन गरेका थिए ।

Post a Comment

 
Top