गोल्डेन न्यूज संवाददाता
कैलाली र कञ्चनपुर सहितको बेग्लै थरुहट र थारुवान प्रदेशको माग गर्दै आन्दोलनमा उत्रेका कैलालीका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बीच सोमवार दिउँसो झडप हुदा प्रहरी बरिष्ठ उपरीक्षक सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले बरिष्ठ प्रहरी उपरीक्षक सहितको टोलीलाइ खुकुरी, भाला र बञ्चरो लगायतका घरेलु हतियार प्रहार गरि हत्या गरेका हुन । कैलालीको पूर्वी भेगमा पर्ने टीकापुर नगरपालिका २ मनुवा गाउ नजिकै दिउसो अढाइ बजे तिर भएको घटनामा परि मृत्यु हुने हुनेहरुमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरिक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका तथा प्रहरी जवान लोकेन्द्र चन्द रहेकाछन । यसैगरी सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरीको पनि घटनामा मृत्यु भएको सुक्षास्रोतले पुष्टि गरेकोछ । मृत्यु हुनेमा एक जना सशस्त्र प्रहरी हवल्दारका २ वर्षीय बालक टेकबहादुर साउद समेत रहेका छन । आन्दोलनकारीका तर्फ भएको हताहत र क्षतिका विवरण प्राप्त हुन सकेको छैन । घटनामा मृत्यु र घाइते हुनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएकोछ । तर यस्को सरकारी र आन्दोलनरत पक्षबाट भने पुष्टि हुन सकेको छैन । भिडन्तमा सुरक्षाकर्मी सहित दर्जनांै घाइते भएका छन । सोमवार दिउसो अढाइ बजे थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बीच झडप हुदा ७ सुरक्षाकर्मी र १ बालक समेत ८ जनाको मृत्यु भएकोछ’ घटना बारे जानकारी दिदै कैलालीका प्रमुख जिल्ला अधिकारी राज कुमार श्रेष्ठले भने,–‘आन्दोलनकारीहरुले निषेधाज्ञा उल्लंघन गरि टीकापुर तर्फ प्रवेश गरिरहेको अवस्था झडप भएको हो ।’ सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी राम कुमार खनालले पनि उक्त घटनामा एसएसपी न्यौपाने सहित प्रहरी तर्फ ५ जनाको ज्यान गएको पुष्टि गरेका छन । उनका अनुसार प्रहरी तर्फ २१ जना घाइते छन जसमध्ये २ जनाको अवस्था गम्भिर रहेकोछ । प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले घाईतेहरुलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं पठाईने तयारी भईरहेको बताए । उनले भने ’हेलिकप्टरको प्रतिक्षा गरिएको छ ।अहिले घाईतेहरुलाई टिकापुर अस्पतालमा भर्ना गरिएको छ । टीकापुर अस्पतालका डा नरेन्द्रकुमार खनालले अधिकांश घाइते प्रहरी गुलेली र भाला प्रयोगबाट घाइते भएका बताए । टीकापुर अस्पतालमा ४६ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ७ जनाको अवस्था गम्भीर भएकोले उनीहरुलाई थप उपचारका लागि रिफर गरिएको टीकापुर अस्पतालका डा नरेन्द्रकुमार खनालले बताए । यसैबीच मन्त्री परिषदको निर्णय पछि टिकापुर क्षेत्रमा नेपाली सेना परिचालन भएको प्रमुख जिल्ला अधिकारी रामकुमार श्रेष्ठले बताए । उनका अनुसार अहिले उक्त क्षेत्रमा कर्फयु लगाईएको छ । स्थिति तनाव पुर्णनै भएपनि प्रर्दशनकारी भने अपरान्हृ ५ बजेपछि पछि हटेका छन । उनीहरु तितिरबितिर भएका छन । टिकापुर क्षेत्रमा नेपाल प्हरी र सशस्त्रको समेत थप सुरक्षाकर्मि परिचालित भएको छ । ‘दंगाग्रस्त क्षेत्र सुरक्षाकर्मीको नियन्त्रणमा छ,’ उनले भने,’ घटना हुन पूर्व पनि पर्याप्त सुरक्षा ब्यवस्था अपनाउदा पनि आकंलन गरिएको भन्दा बढी मासले सुरक्षाकर्मी माथि आक्रमण भयो । ’ उनका अनुसार बरिष्ठ प्रहरी उपरीक्षक न्यौपाने तिन दिन देखी टिकापुर क्षेत्रमैं शान्ति सुरक्षामा खटिएका थिए ।’ प्रजिअ श्रेष्ठले आन्दोलनकारीहरु घरेलु हतियार सहित हजारौको संख्यामा टीकापुर प्रवेश गरि त्यहाका सरकारी कार्यालय माथि आक्रमण गर्ने जानकारी पाएपछि एसएसपी न्यौपानेको टोली घटनास्थल पुगेको थियो । उनका अनुसार टीकापुरमा दिउसै देखि थप सुरक्षाबल परिचालन गरिएकोछ । ‘साझ ७ बजेदेखि नेपाली सेना समेत परिचालन भइ सकेकोछ’ प्रजिअ श्रेष्ठले भने । चार दिनदेखि लगातार लगाउँदै प्रशासनले लगाउँदै आएको कर्फयु र निषेधित क्षेत्र तोड्ने योजनासहित प्रहदर्शनकारीहरु टीकापुरको तीनतिरबाट आउँदै थिए । प्रदर्शनकारी र प्रहरीवीच टीकापुरको पशु हाट बजार र दुर्गौलीको दुर्गौली बजारमा भिडन्त भएको हो । टीकापुरको उत्तरतर्फबाट आइरहेको प्रदर्शनकारीको भीडलाई भने प्रहरीले शिव मन्दिर नजिकबाट लखेटेको जनाइएको छ । हजारौंको संख्यामा प्रदर्शनकारीहरु आएका प्रत्यक्षदर्शीले जनाए । जिल्ला प्रशासन कार्यालय टीकापुरले बिहान ११ बजेदेखि विहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले लगाएको निषेधाज्ञा तोड्ने योजना अनुसार उनीहरु विभिन्न घरेलु हात हतियारसहित आएका थिए । विशेषगरी प्रदर्शनकारीले टाढैबाट हान्न गुलेलीको प्रयोग गरेका छन् । आन्दोलनकारीहरु हजारौको संख्यामा ३÷४ वटा नाकाबाट टीकापुर प्रवेश गर्ने तयारीमा थिए’ प्रजिअ श्रेष्ठले भने,–‘घटना भएको मनुवा गाउँ नजिकको नाकामा भने ३÷४ हजारको संख्यामा प्रदर्शनकारी टीकापुर तर्फ बढिरहेका थिए । थरुहट पक्ष र अखण्ड सुदूर पश्चिम पक्षधरविच शुक्रबार दुर्गौलीको तोरैयापुरमा झडप भएपछि तनाव सिर्जना भएको हो । तनावका कारण टीकापुरमा रहेका थारु कल्याणकारिणी सभाको कार्यालयसहित थारु जातिका स साना पसलमा तोडफोड भएको थियो । धनगढीमा साउन २८ गते थरुहट भेलामा अखण्ड सुदूर पश्चिम पक्षधरले अवरोध गरेका भन्दै शुक्रबार भएको अखण्ड सुदूर पश्चिम पक्षधरको र्यालीमा अवरोध गरेका थिए । त्यसैको प्रतिशोधका कारण तोरैयापुरमा झडप भएको थियो । यसैबीच थरुहट र थारुवान संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गरी शान्तिपूर्ण आन्दोलनमा दमन भएको बताएका छन् । समिति शान्तिपूर्ण आन्दोलनमा दमन गरेपछि हिंसात्मक घटना भएको दावी गरेको छ ।
Post a Comment