गोल्डेन न्यूज संवाददाता
पोखरा फोटोग्राफर संघ पोखराले रामलाल श्रीमाया फोटोग्राफी पुरस्कारबाट अग्रज फोटोग्राफर नारायण बाटाजुलाई सम्मान गरेको छ । विश्व फोटोग्राफर दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनलाई सो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल बात्सायन, संस्थाका अध्यक्ष गुरुप्रसाद तिवारी र पुरस्कारका संस्थापक गणेश छविले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको राशी नगद ११ हजार एक सय ११ रुपैयाँ सहित सम्मान पत्र र दोसल्ला रहेको छ । ३५ वर्षदेखि निरन्तर रुपमा फोटोग्राफी पेशामा आवद्व रहदै फोटोग्राफीको विकासमा महत्वपूर्ण योगदान पु¥याएको कदर स्वरुप बाटाजुलाई पुरस्कृत गरिएको हो। पुरस्कृत व्यक्तित्व वाटाजु पोखराको संसार डिजिटल कलर ल्याबका संचालक हुन् । पोखरा सिद्वार्थ चोकका गणेश छविले पिता रामलाल श्रेष्ठ र माता श्रीमाया श्रेष्ठको सम्मानमा स्थापना गरेको सो पुरस्कार दोस्रो पटक वितरण गरिएको हो । प्रत्येक दुई÷दुई वर्षमा प्रदान गरिने सो पुरस्कार पहिलो पटक अग्रज फोटोग्राफर विश्वरत्न शाक्यलाई प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै बरिष्ठ कार्टुनिष्ट दुर्गा बराल बात्सायनले पर्यटकीय दृष्टिकोण बाट पोखराले धेरै सम्भावना बोकेकाले फोटोग्राफर हरुले यहाँको सुन्दरतलाई प्रवद्र्वन गर्नुपर्ने बताए । अग्रज फोटोग्राफर विश्वरत्न शाक्यले संघले बाटाजुलाई पुरस्कृत गरेर उनीप्रति न्याय गरेको उल्लेख गरे । पुरस्कृत व्यक्तित्व नारायण बाटाजुले निरन्तर रुपमा पेशा व्यवसायमा संघर्ष गर्न सके ढिलो÷चाडो सफलता हात लाग्ने बताए । कार्यक्रममा कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जीवन ढुङ्गाना, पोखरा फोटोग्राफर संघ पर्वतका अध्यक्ष नारायण के.सी, सिद्वार्थ क्लवका अध्यक्ष दिपेन्द्र मर्सानी, प्रतिभा छनोट समितिका संयोजक माधवप्रसाद मिश्र, सदस्य तुलसी सुवेदी, द्वितिय उपाध्यक्ष पर्शुराम आचार्य, पुरस्कारका संस्थापक गणेश छवि, सल्लाहाकार रमेश सापकोटा लगायतले बोेलेका थिए । पोखरा फोटोग्राफर संघका अध्यक्ष गुरुप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला समिति सदस्य विष्णु शर्माले स्वागत र सचिव रवीनाथ दाहालले कार्यक्रम संचालन गरेका थिए । यसअघि पोखराको चिप्लेढुङ्गा मानव अधिकारचोकबाट प्रभातफेरी निकालिएको संस्थाका पूर्व अध्यक्ष दुर्गा पौडेलले जानकारी दिए । प्रभातफेरी महेन्द्रपुल हँुदै कार्यक्रमस्थल पोखरा पार्टी प्यालेस पुगेका कार्यक्रममा परिणत भएको थियो।
Post a Comment