समाजमा शान्ति, अंहिसा, एकताको भावना विकास गराउने उद्देश्यले टोल विकास समन्वय समिति र महिला समन्वय समिति पोखरा १८ को संयुक्त आयोजित तीन दिने सकारात्मक सोचको कला विषयक प्रशिक्षणको पहिलो सत्र माछापुच्छ«े सामुदायिक भवन पोखरा १८ मा सम्पन्न भयो । प्रशिक्षणको पहिलो सत्रमा सफल जीवन, स्वास्थ्यका लागि खुशी, तनाव व्यवस्थापन आदि विषयहरु मा प्रशिक्षण दिंदै ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीका राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले सम्पूर्ण समस्यहरुको जड नै नकारात्मक सोच भएको हुँदा सकारात्मक सोचने बानीको विकास गर्न सकेमा समस्यहरु कम हुँदै जाने प्रशिक्षार्थीहरुलाई सकारात्मक सोच्ने विधिको पनि अभ्यास गराईयो । प्रशिक्षणमा महिला, पुरुष, युवा आदि गरी ३ सय १० जनाको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन लालुमाया मगर्नीले गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment