गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. ४ बाट सरुवा भएका वडा सचिव रमेश पौडललाई बिदाई एवं सम्मान र नवआगन्तुक वडा सचिव दुर्गा प्रसाद कोइरालालाई स्वागत गरिएको छ । टोल विकास संस्था वडा समन्वय समिति पोखरा–४ ले एक कार्यक्रमको आयोजना गरि वडा सचिव पौडेललाई बिदाई एवं कोइरालालाई स्वागत गरिएको हो । वडा सचिव पौडेलले पोखरा–४ को वडा सचिव भएर करिब १८ वर्ष काम गरेका थिए । उनी हाल पोखरा–१७ मा सरुवा भएका छन् । यसैगरी नवआगन्तुक वडा सचिव कोइराला पोखरा–७ बाट ४ मा आएका हुन् । कार्यक्रममा वडा सचिका साथै संस्थाका निवर्तमान अध्यक्ष पुरुषोत्तम पराजुलीलाई समेत उनकै निवासमा पुगेर सम्मान गरिएको थियो । उनी हाल क्यान्सर रोगबाट पीडित भएका कारण घरमै आराम गरिरहेका छन् । संस्थाका लागि महत्वपूर्ण योगदान दिएको भन्दै पराजुलीलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै बिदाई भएका वडा सचिव पौडेलले वडा नं. ४ मा १८ वर्ष बिताउँदा वडावासीबाट पाएको माया र सद्भाव आफूले कहिल्यै नभुल्ने बताए । उनले आफू जुन वडामा पुृगेपनि पोखरा–४ को हरेक गतिविधिलाई नजिक रहेर नियाल्ने प्रतिवद्धता जनाए । यस्तै नवआगन्तुक वडा सचिव कोइरालाले पोखरा–४ मा आफू भर्खरमात्र आएको भएपनि आफ्नो काममा वडावासीले महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे । अर्का सम्मानित व्यक्तित्व पराजुलीले आफ्नै संस्थाले आफ्नो कामको कदर गरेर सम्मान गर्दा अत्यन्तै खुशी लागेको भन्दै संस्थाको हरेक गतिविधिमा सहयोग गर्ने बताए । समितिका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका उपाध्यक्ष गोमा कोइराला सुवेदी, सचिव ईश्वर लिगलका साथै गोपालजी मन्दिर सेवा समितिका अध्यक्ष वसन्त लिगल, पूर्व अध्यक्ष महेश पालिखे, महिला समन्वय समिति पोखरा–४ की अध्यक्ष भगवती कोइराला (लला), नेकपा एमाले पोखरा–४ की प्रमुख ईन्दिरा अधिकारी लगायतले आफ्नो भनाइ राखेका थिए । त्यस अवसरमा बिदाई भएका सचिव पौडेल र नवआगन्तुक कोइरालालाई परोपकार सर्वेश्वर नारी समूह, सिर्जनशील नारी समूह, गोपाल जी मन्दिर सेवा समिति, सर्वेश्वर मार्ग संरक्षण समितिका साथै पोखरा–४ सक्रिय विभिन्न संघसंस्थाहरुले बिदाई, स्वागत एवं सम्मान गरेका थिए ।
Post a Comment