गोल्डेन न्यूज संवाददाता
प्रमुख तीन दलले असन्तुष्ट पक्षलाई सम्वोधन गर्न संघीयताको सिमांकनमा अझै परिमार्जन गर्न सकिने निष्कर्ष निकालेका छन । प्रधानमन्त्री निवास बालुवाटार शनिबार बसेको तीन दलको बैठकले संशोधन विधेयक मार्फत परिमार्जन गर्न सकिने ठाउँ रहेको भन्दै असन्तुष्ट राजनीतिक दललाई वार्तामा आउन अपिल गर्ने निर्णय लिएको हो । तीन दलको बैठक अनुसार प्रधानमन्त्री सुशील कोइरालाले शनिबार नै अपिल गर्ने भनिएपनि प्राविधिक कारणले रोकिएको बालुवाटार स्रोतले बतायो । तीन दलका तर्फबाट प्रधानमन्त्री कोइरालाले आइतबार अपिल गर्नेछन । तीन दलले सात प्रदेशको सिमाकंनमा असन्तुष्ट भई आन्दोलनको मोर्चामा पुगेका फोरम लोकतान्त्रिकसहित मधेश केन्द्रित दलहरूलाई सम्वोधन गरी बार्तामा बोलाउने भएका हुन । बैठकमा तीन दलले संविधान जारी गर्नु अघिसम्म संविधानको बिधेयकलाई परिमार्जन गर्न सकिने बताउँदै संविधानसभामा आएर संशोधन प्रस्ताव दर्ता गर्न समेत आग्रह गर्नुपर्ने निष्कर्ष निकालेको थियो । शनिबार हुन नसकेपछि प्रधानमन्त्री कोइराला आइतबार बक्तव्य जारी गर्ने भन्दै तीन दलको बैठक लगतै वीपीको उपन्यास तीन घुम्ति माथि बनाईएको चलचित्र हेर्न जय नेपाल हलतिर लागेका थिए । पछिल्लोपटक सात प्रदेशमा बनाएर सुर्खेत, कणरली र सुदरपश्चिमलाई शान्त बनाएपनि मध्यपश्चिम र पूर्वी तराईमा अशान्त छ । राजनीतिक संवाद तथा सहमति समितिका सभापति एवं एमाओवादी नेता बाबुराम भट्टराइले थारु, मधेसी, जनजाति, दलित, मुश्लिम, महिलाका हक अधिकारका सम्वन्धमा भइरहेका आन्दोलनको मागलाई सम्वोधन गर्ने हिसावले बार्ता गर्न प्रधानमन्त्रीले अपिल गर्ने निर्णय भएको जानकारी दिए । प्रधानन्त्रीज्यूले परामर्शका लागि बोलाउनुभएको थियो । हामी तीन पार्टीका संविधान निर्माण प्रक्रियामा सहभागी नेताहरु थियौ । आन्दोलनमा उठेका जायज मागलाई कसरी सम्बोधन गर्ने भन्ने सम्बन्धमा छलफल गर्नु उचित हुन्छ भन्ने कुरा भयो’ भट्टराईले भने,–‘त्यसका लागि प्रधानमन्त्रीले वार्ताका लागि आह्वान गर्दै वक्तव्य जारी गर्ने कुरा भएको छ । भट्टराईले फोरम लोकतान्त्रिका अध्यक्ष विजय गच्छेदारसहित मधेश केन्द्रित दलहरुसंग बसेर छलफल गर्नुपर्ने बताए । ‘मैले विजय गच्छदारजीसंग पनि कुरा गरें । उहाँले आफूले विशेष समिति बहिष्कार नगरेको र आफ्ना मागको सम्बोधन हुने गरी उचित प्रस्ताव आए वार्तामा बस्न तयार रहेको बताउनुभयो’ भट्टराईले भने,–‘त्यसैगरी मेरो तमलोपा अध्यक्ष महन्थ ठाकुरलगायत मधेसवादी दलका नेताहरुसंग पनि वार्ताको वातावरण सिर्जना गर्नेसम्बन्धमा छलफल भएको छ । हामी तीन दलबीच पनि कतिपय विषयमा सहमति जुट्न बाँकी छ । यसैबीच नयाँ सहमतिबाट आफ्नो माग शीर्ष नेताले सम्बोधन गरेपछि त्यसको स्वागतमा आज मुगु जिल्लामा खुशीयालीको ¥याली निकालियो । गत साउन २३ गते राति चारदलका शीर्ष नेताहरुको सहमतिमा सार्वजनिक भएको छ प्रदेशको सङ्घीय नेपालको सीमाङ्कनले विरोध गर्दै अखण्ड मध्यपश्चिम प्रदेश माग गर्दै गत साउन २४ देखि सुरु भएको शान्तिपूर्ण आन्दोलन हिजो राति दलहरुबीच भएको नयाँ सहमतिसँगै आफूहरुको माग सम्बोधन भएको भन्दै यहाँ खुसियाली ¥याली निकालिएको हो । कर्णालीलगायत मध्यपश्चिमका जिल्ला आन्दोलित हुँदा यहाँ रहेका सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बजार, हवाई तथा स्थलगत यातायात १३ दिनदेखि ठप्प रहेका थिए । शुक्रबार राति शीर्ष नेताहरुले कर्णालीलगायत सुर्खेत, जाजरकोट, दैलेख र रुकुमको केही भाग समेटेर प्रस्तावित छ प्रदेशको खाकामा थप प्रदेशको घोषणा गरी सात प्रदेश बनाएपछि आज दिउसो १ बजे मुगुमा स्था यसैबीच जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवाका केही क्षेत्रमा शनिबार बिहान ११ बजेदेखि आगामी पाँच दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासन कार्यालयले भैरहवा क्षेत्रमा सभा जुलुस, पाँचजनाभन्दा बढी मान्छे हिड्न तथा जम्मा हुन नदिने गरी निषेधित क्षेत्र घोषणा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए । भैरहवाको पूर्वमा वसन्तपुर गाविस, पश्चिममा गौतमबुद्ध विमानस्थलको मायाँदेवी चोक, उत्तरमा विद्युत कार्यालय र दक्षिणमा बेलहिया नाकासम्म निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । आन्दोलनकर्ता र प्रतिकार समूहबीच ठाउँठाउँमा झडपको स्थिति आएपछि निषेधित क्षेत्र जारी गरिएको प्रजिअ ढकालले बताए । यसैगरी जिल्ला प्रशासन कार्यालय कैलालीले टीकापुर नगरपालिका र दुर्गौली गाविसमा कर्फ्यू लगाएको छ । राति ८ बजेबाट विहान ६ बजेसम्म कर्फ्यू आदेश जारी भएको इलाका प्रशासन कार्यालय टीकापुरका अधिकृत सुमन धितालले बताए । थरुहट पक्षधर र अखण्ड पक्षधरविच सुक्रबार तोरैयापुरमा भएको झडपका कारण स्थिति सामान्य नभएपछि शनिबार राती पनि कर्फ्यू लगाएको बताएको छ । शुक्रबार राति ९ बजे रातीबाट विहान ६ बजेसम्म कर्फयु लगाएर शनिबार दिनभरी निषेधाज्ञा जारी गरिएको थियो । यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले शनिबार मलगंवामा मोटरसाईकल र्रुयाली गरेका छन् । लामोबन्दीले सदरमुकामा लगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दका बेला भन्सार काटेको भन्दै दुई कर्मचारीलाई मधेसी मोर्चाका कार्यकर्ताले शनिवार हातपात गरेका छन् । मोर्चाले अपरान्ह ४ बजे निकालेको मोटरसाइकल र्रुयाली भंसार अघिल्ल तीर पुगेपछि बन्दका बेला भारतवाट आएको सामानको भन्सार काटेको भन्दै कार्यालय सहयोगी बिजुली यादव र टाइपिष्ट नयाव सुव्बा कितनारायण मण्डलमाथि हातपात भएको हो । दुबै कर्मचारीलाई मोर्चाका कार्यकर्ताले कुटपीट गर्न थालेपछि सशस्त्र प्रहरीले हस्तक्षेप गरि जोगाएको थियो । आलु, प्याज, मासु जस्ता सड्ने बस्तुको भंसार काट्ने कार्य भइरहेकाले त्यसलाई बन्द गर्न भन्दै मोर्चाले कर्मचारीलाई कुटपिट गरेको प्रहरीले जनायो । बन्द भएकै कारण सड्ने बस्तु वाहेकको भंसार असुली रोकिएको छ ।
Post a Comment