गोल्डेन न्यूज संवाददाता
एम्नेष्टी इन्टरनेशनल शिक्षक तथा सामाजिक कार्यकर्ता समूह–८२ को पोखरामा सम्पन्न दशौं अधिवेशनले वसन्त प्रसाद सुवेदीलाई संयोजकमा निर्विरोध चयन गरेको छ । समितिको अन्य पदाधिकारीहरुमध्ये सह–संयोजकमा खिमबहादुर गुरुङ, सचिवमा गुमनाथ लामिछाने, कोषाध्यक्षमा टंक प्रसाद भण्डारी र सह–सचिवमा मिरादेवी आचार्य रहेका छन् । यस्तै समितिका सदस्यहरुमा गंगाधर पराजुली, कमल प्रसाद सापकोटा, विष्णुमाया श्रेष्ठ र सुशिला गुरुङ पनि निर्विरोध भएका छन् । विश्वेश्वर पराजुली संयोजक रहेको निर्वाचन समितिले अधिवेशन सम्पन्न गरेको हो । सहमतिबाट नेतृत्व चयन गर्नका लागि समूहका पूर्व संयोजक पुण्य पौडेल, देवमणि भण्डारी, रामबहादुर थापा र मुक्ति ढकाल, हेरम्वराज कोइरालाले सहजीकरण गरेका थिए । निर्वाचन समितिमा मुरारी शर्मा र रमेश भट्टराई सदस्य रहेका थिए । नवनिर्वाचित संयोजक सुवेदीले आफ्नो कार्यकालमा एम्नेष्टी इन्टरनेशनलका गतिविधिहरु तल्लोस्तरसम्म पु¥याउने तथा आप्रवासी कामदार, मानव अधिकारका साथै दण्डहिनताका बारेमा रचनात्मक काम गर्ने बताए । उनले संस्थामा सदस्यहरुको संख्या बढाउनुका साथै उनीहरुलाई मानवअधिकारसंग सम्बन्धित विषयमा प्रशिक्षित गराउन आप्mनो कार्यसमिति प्रतिवद्ध रहेको बताए । दशौं अधिवेशन तथा १९औं साधारणसभाको उद्घाटन गर्दै एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष सूर्यबहादुर अधिकारीले आप्रवासी कामदारको सेवा सुविधा, मानव अधिकार उल्लंघनको अवस्था र दण्डहिनताले पारेको नकारात्मक प्रभावका बारेमा आफूहरुले प्रमुख राजनीतिक दलका प्रमुख नेताहरुलाई भेटेर जानकारी गराएको बताए । नागरिक अधिकार संरक्षण गर्न र मानवअधिकार मैत्री वातावरण सृजना गर्न नसके मुलुकमा फेरि द्वन्द बढ्न सक्नेप्रति उनले सचेत गराए । अध्यक्ष अधिकारीले राजनीतिलाई आफ्नो पेशा ठान्ने र राजनीतिमा अपराधिकरण तथा अपराधलाई राजनीतिकरण गर्न खोज्ने प्रवृत्ति घातक भएको भन्दै यस्ता प्रवृत्तिको तत्काल अन्त्य हुनुपर्नेमा जोड दिए । आफ्नो अधिकारको खोजी गर्नेहरुले भविष्यमा आफ्नै सन्ततिलाई समस्या पर्ने ढङ्गबाट अधिकार खोज्न नहुने भन्दै उनले पछिल्लो समयमा एम्नेष्टीमा देखिएको विवाद संस्थागत नभइ व्यक्तिगत कमजोरीका कारण उत्पन्न भएको स्पष्ट पारे । एम्नेष्टीका केही सदस्यहरुले राजीनामा दिएको प्रसङ्गमा उनले भने–‘अब बुटवलमा हुने महाधिवेशनबाट रिक्त पद पूर्ति गरिनेछ ।’ एम्नेष्टी इन्टरनेशनल नेपालका निर्देशक रामेश्वर नेपालले मानवता विरुद्धको अपराध गर्नेहरुलाई उन्मुक्ति दिन नहुनेमा जोड दिंदै द्वनदकालमा मानवअधिकार उल्लंघन र ज्यादतिका घटनाका सम्बन्धमा मेलमिलाप कायम हुन नसकेमा त्यसले पनि अप्रिय अवस्था सृजना गराउन सक्ने बताए । एम्नेष्टीको नेपाल शाखाको प्रभाव अन्तर्राष्ट्रिय स्तरमा राम्रो रहेको जानकारी दिंदै निर्देशक नेपालले मानव अधिकार रणनीति र कार्ययोजना बनाउने सवालमा सरकारले एम्नेष्टीले उठाएका आवाजलाई प्राथमिकता दिंदै आएको जानकारी दिए । उनका अनुसार विश्वकै ठूलो मानवअधिकार वादी संस्थाको रुपमा रहेको एम्नेष्टीमा हाल ७० लाख सदस्य रहेको छन् । कार्यक्रममा एम्नेष्टी समूह–८२ का सल्लाहकार हेरम्वराज कोइरालाले पछिल्लो समयमा मुलुकमा हत्या हिंसाका घटना बढ्दो अवस्थामा रहेको प्रसङ्गग कोट्याउँदै आफू लगायतका पुराना शिक्षकहरुले राम्रो शिक्षा दिन नसक्दा युवाहरुमा विकृति बढेको हो कि भनि आशंका प्रकट गरे । समूह–८२ का संयोजक मुक्तिप्रसाद ढकालको अध्यक्षमा भएको कार्यक्रममा एम्नेष्टी नेपालका पूर्व केन्द्रीय सदस्य एवं संवाद नेपालका अध्यक्ष नीलकण्ठ शर्मा, नेपाल ट्रेड युनियन कांग्रेसका पश्चिमाञ्चल अध्यक्ष मुरारी शर्मा, एनप्याव्सनका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, एम्नेष्टी समूह–५४ का संयोजक नविन बराल, ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष कुलदेवी बराल, एम्नष्टी समूह ८२ का सह–संयोजक टंकराज बराल, सचिव हेमराज आचार्य लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment