गोल्डेन न्यूज संवाददाता
प्लाष्टिक झोलालाई निरुत्साहित गरौं, वातावरण मैत्री झोला अवलम्बन गरौं भने मुल नाराका साथ कास्कीको ढिकुरपोखरी गा.वि.समा वातावरण मैत्री झोला वितरण कार्यक्रम २०७२ मार्फत निःशुल्क झोला वितरण गरियो । वातावरण मैत्री स्थानीय शासन कार्यक्रम ९भ्ँीन्ए० जि.वि.स. र हरियाली पोखराले संयुक्तरुपमा वातावरण मैत्री झोला वितरण कार्यक्रम गरेको हो । वातावरण मैत्री झोला करिब १७०० वटा ढिकुरपोखरी गा.वि.स.का एक घर एक झोला अभियान मार्फत वितरण गरिएको हरियाली पोखराका अध्यक्ष एवं समाजसेवी गोविन्द लामिछानेले बताए । गा.वि.स.मा वातावरण मैत्री झोला वितरण गरि सचेतना जगाउनका लागिएको कामप्रति गा.वि.स सचिव तोयनाथ तिमिल्सेनाले हरियाली पोखरा संस्थाको खुलेर प्रशंसा गरे । कार्यक्रममा संस्थाका कोषाध्यक्ष सुवास गौतमले कार्यक्रमको बारेमा प्रस्ट पारेका थिए भने समाजसेवी विश्वराज पौडेलले स्वागत मन्तव्य राखेका थिए ।
Post a Comment