गोल्डेन न्यूज संवाददाता
एमाओवादी सभासदहरुले संविधान निर्माणका सवालमा पार्टीले उठाएका कतिपय मुद्दा छाडेको र मस्यौदा समितिले विगतका सहमति उल्ट्याउँदा पनि चुप बसेको भनेर नेतृत्वको आलोचना गरेका छन् । संविधानसभा भवन परिसरमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा शुक्रबार बसेको एमाओवादी दलको बैठकमा सभासदहरुले नेतृत्वको आलोचना गरेका हुन् । सभासदहरुले संघीयतालाई थाती राखेकोमा पनि असन्तुष्टि जनाएका थिए । बैठकमा अध्यक्ष दाहालले आफूहरु संख्यामा कम रहेकाले कतिपय विषयमा सम्झौता गर्नुपरे पनि मूलभूत रुपमा संविधानमा आफ्ना धेरै मुद्धा स्थापित गराएको भन्दै आश्वस्त पार्ने प्रयास गरेका थिए । एमाओवादीबाट संविधानसभा मामिला हेर्ने उपाध्यक्ष नारायणकाजी श्रेष्ठले छोटो प्रक्रियाबाट संविधान जारी गर्ने दिशामा लाग्न र जनतामा गएर सुझाव संकलन गर्न सभासदहरु लाई प्रशिक्षण दिएका थिए । श्रेष्ठले जनताको सुझावका आधारमा फेरि पनि संविधानमा धेरै कुरा परिमार्जन गर्न सकिने र यसबीच दलहरुसंग वार्ता गरी संघीयताका सम्बन्धमा सीमांकन, नामांकन पनि टुंग्याउन, विगतमा भएका सहमति र छुटेका विषय संविधानमा समेट्न प्रयत्न गर्ने बताए ।
Post a Comment