गोल्डेन न्यूज संवाददाता
वातावरण मैत्री स्थानीय शासन कार्यक्रम जिविस र हरियाली पोखराले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी कास्कीको कालिका गा.वि.स.मा निःशुल्क वातावरण मैत्री झोला वितरण गरेको छ । प्लाष्टिक झोलालाई निरुत्साहित गरौं, वातावरण मैत्री झोला अवलम्बन गरौं भने मूल नाराका वातावरणमैत्री झोला वितरण कार्यक्रम २०७२ मार्फत निःशुल्क जिविसको सहकार्यमा कार्यक्रम आयोजन गरिएको हो । कार्यक्रममा एकहजार ५६ वटा वातावरणमैत्री झोला गा.वि.स.का एक घर एक झोला अभियान मार्फत वितरण गरिएको हरियाली पोखराका अध्यक्ष एवं समाजसेवी गोविन्द लामिछानेले बताए । कार्यक्रममा गा.वि.स सचिव शोभाखर ढकालले गा.वि.स.मा वातावरण मैत्री झोला वितरण गरि सचेतना जगाउनका लागिएको कामको प्रसंसा गरे ।विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्चका प्रतिनिधि, स्थानीय शान्ति समितिका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष दामोदर बसौला, सचिव अञ्जु के.सी., कोषाध्यक्ष सुवास गौतम, समाजसेवी विश्वराज पौडेल, विष्णु पौडेल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
Post a Comment