0
गोल्डेन न्यूज संवाददाता
पोखरामा संचालित दुई अस्पताल मर्जर भएका छन् । पोखराको न्यूरोडमा रहेको पद्य नसिङ्ग होम प्रालि र पोखराको नदीपुरमा रहेको बुद्ध अस्पताल तथा रिर्सच सेन्टर एक आपसमा मर्ज भएका छन् । काठमाडांै बाहिरको पहिलो निजी अस्पताल पद्य नसिङ्ग होम प्रालिले केही अघि बन्द भएको बुद्ध अस्पतालसगँ मर्ज गरि नयाँ नाम पनि पद्य नसिङ्ग होम प्रालिकै नाममा मर्ज गरेको छ । दुई अस्पताल मर्ज भएको नेपालमै हिलो अभ्यास हो । पद्य नसिङ्ग होमले नदीपुरमा रहेको बुद्ध अस्पतालबाट करिब ६ महिना भित्र सेवा संचालन गर्ने पद्यम नसिङ्ग होम प्रालिका प्रबन्ध निदेशक डाक्टर कालु शर्माले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनले न्यूरोडमा सानो ठाउँ हुदा विरामीलाई सेवा दिन कठिनाइ हुने गरेको बताउदै नदीपुरमा त्यस्तो समस्याको समाधान हुने बताए । उनले भने–‘ठाउँ सानो हुदा विरामीले मागे जति सेवा दिन सकेकाका थियो नौ अब भने ठाउँको कुनै समस्या छैन । बिरामीलाई उच्च स्तरीय सेवा दिनेछौं ।’ नेपाल सरकारबाट पद्य नसिङ्ग होमले ५० बेड र बुद्ध अस्पताल ५४ बेडको स्वकृति पाएका छन् । पद्य नसिङ्ग होमले अहिले रहेको न्यूरोडमा केहि वर्ष बहिरंग सेवा दिने छ भने अन्य सेवा नदीपुरमा रहेको अस्पतालबाट दिने पद्य नसिङ्ग होमका व्यवस्थापक नरेन्द्र बाँस्तोलाले जानकारी दिए । दुबै अस्पतालको गरि करिब ९ करोड पुजीँ पुगेको छ । नयाँ ठाउँमा अस्तालका लागि नै बनाएको भवन भएकाले अत्याधुनीक सेवा सहित सेवा प्रदान गर्ने बताए । उनले नदीपुरमा रहेको अस्पताललाई आफूहरुले छुटै तवरबाट सन्चालन गर्ने लक्ष्य लिएको बताए ।  ‘नदीपुरमा पद्य नसिङ्ग होमले बच्चाको उपचारका लागी छुटै अस्पताल बनाउने बताए । उनले भने–‘नेपालमा काठमाडौमा कान्तिबाल अस्पताल छ त्यस बाहेक अन्य क्षेत्रमा बालबालिकाको उपचारका लागि नै भनेर खोलिएका अस्पताल छैनन ।’ त्यसको माग पुरा गर्न पनि पद्यम नसिङ्ग होमले बालबालिकाको उपचारका लागि विषेश कक्ष तयार गर्ने बाँस्तोलाले बताए । बालबालिका बाहेक बुद्ध अस्पताल मुटु रोगीका लागि खोलिएको भन्दै त्यसका लागि पनि आफूहरुले मुटुरोग सम्बन्धी उपचारका लागि विषेश प्राथमिकता दिने बताए । उनले आइसियु, एनआइसियु, पिआइसियु, अप्रेसन कक्ष, एमआरआइ, सिटिस्क्यान लगायतका सेवा क्रमश संचालन गर्दै जाने बताए । पोखराका मुटु सम्बन्धी उपचार सेवा दिने उद्देश्यले दर्ता भएको बुद्ध अस्पताल विभिन्न कारणले संचालन हुन सकेको थिएन । अदालले बुद्ध अस्पालका उपकरण र नगद ६० लाख रुपैयाँ तिर्न आदेश दिएको थियो ।  त्यही आदेश अनुसार करिब एक वर्ष पहिले अस्पतालका उपकारण नगद ६० लाख रुपैयाँमा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई दिएको थियो । अदालतको आदेशको पालना पछि अस्पतालको संचालनको बाटो खुलेको थियो । २०५२ सालबाट सन्चालनमा आएको अस्पतालमा हाल २५ जना चिकित्सक सहित करिब १ सय जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

Post a Comment

 
Top