गोल्डेन न्यूज संवाददाता
मुनाफारहित गैरसरकारी संस्था नेपाली गाउँका साथीहरुले आइतबार मुस्ताङ्गको मार्फा गा.वि.स.को स्याङमा लैङ्गिक हिंसा विरुद्ध जनचेतना सम्बन्धी ३ दिने तालिम सम्पन्न गरेको छ । जिल्ला विकास समिति मुस्ताङ्ग र जिल्ला खेलकुद विकास समिति मुस्ताङ्गको आर्थिक सहयोगमा संचालित कार्यक्रममा १९ देखि ४० वर्षभित्रका ३० जना महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा गाउँ मुखिया मनिबहादुर थकालीले तालिमले हाम्रो समाजलाई सुधारको बाटोमा लैजान महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । ३ दिनसम्म संचालित तालिममा मुस्ताङ्ग जिल्लाका सरकारी वकिल पदमबहादुर कार्की, जिविस योजना तथा अनुगमन अधिकृत जीवन ज्ञवाली र कार्यक्रम अधिकृत शोभा पुनले प्रशिक्षण दिएका थिए । गाविस सचिव प्रेम प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समापन कार्यक्रमको अध्यक्षता संस्थाका कार्यक्रम संयोजक मोतिप्रसाद पौडेल र कार्यक्रमको संचालन संस्थाका प्रतिनिधि जनकराज पौडेलले गरेका थिए । उक्त संस्था काठमाडौंमा प्रधान कार्यालय रही पोखरा–२५ पुम्दीभुम्दीमा सम्पर्क कार्यालय रही आमाघर पाठशाला नामक विद्यालय संचालन गरिरहेको छ ।
Post a Comment