गोल्डेन न्यूज संवाददाता
नेपाललाई हिन्दु धर्म सापेक्ष राष्ट्र बनाउन माग गर्दै हिन्दु जागरण नेपालले पोखरामा बृहत ¥याली गर्ने भएको छ । बिहान ११ बजे पोखराको सभागृह चोकबाट सुरु हुने ¥याली चिप्लेढुङ्गामा पुगेर समापन हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा हिन्दू जागरण नेपाल पोखराका अध्यक्ष धनपति शर्माले जानकारी दिए । ¥यालीमा ॐ कार परिवार भित्रका जनसमुदायका साथै ॐ कार धर्मसंग सम्बन्धित संघसंस्था, विद्याापीठ, गुठि संस्थान लगायत शुभेच्छुक गरि झन्डै ३ हजार जनाको सहभागिता रहने पनि शर्माले जानकारी दिए । वैदिक सनातन हिन्दु धर्मको रक्षा गर्दै नेपालको मौलिक सस्कृति र परम्पराको जगेर्ना उद्देश्यले स्थापना भएको उक्त संस्थाले नेपाललाई हिन्दु धर्म सापेक्ष राष्ट्र बनाउन जस्तो सुकै आन्दोलन गर्न तयार रहेको पनि जनाएको छ । नेपाली जनताको चाहाना विपरित अन्तरिम संबिधानमा नेपाललाई जबरजस्ती धर्म निरपेक्ष राष्ट्र बनाईएकोमा आपत्ति जनाउँदै हिन्दु जागरण नेपालले ईसाईकरणको बिपक्षमा आवज बुलन्द गर्ने बताएको छ । पैसाको प्रलोभनमा पारेर सोझा नेपालीलाई धर्म परिवर्तन गर्न बाध्य पर्नेहरुहरुका बिरुद्ध आफूहरुको आन्दोलन जारी रहने अध्यक्ष शर्माले चेतावनी दिए । नेपालमा झन्डै ८१ प्रतिशत हिन्दु र ९४ प्रतिशत ॐकार परिवार रहेको भन्दै संस्थाले नेपाल हिन्दु राष्ट्र नभएसम्म आफूहरुको आन्दोलन जारी रहने जनाएको छ । हिन्दु जागरण नेपाल कास्कीका अध्यक्ष धनपति शर्माको अध्यक्षतामा भएको कार्यत्रmममा प्रागिक विद्यार्थी मञ्चका क्षेत्रिय सचिब अबिचन्द्र पाठक, हिन्दु जागरण नेपाल कास्कीका सचिब चुडामणि बराल र कृष्ण प्रसाद आचार्य लगायतले बोलेका थिए ।
Post a Comment