0
गोल्डेन न्यूज संवाददाता
नेपाल रेडक्रस सोसाईटी कास्की शाखा अन्र्तगत प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रम अन्र्तगत बिद्यालय अभिमूखिकरण कार्यक्रम मंगलवार सृजना उच्च मा. वि. मा सम्पन्न भएको छ ।  कार्यक्रममा जिल्ला टूाफिक कार्यलयका कास्कीका प्रहरी सहायक निरिक्षक दिपक के सी ले सडक दुर्घटनाका कारण, सुरक्षा, न्यूनिकरणका उपाया र विद्यार्थीको भूमिका लगायतका विषयमा अभिमुखिकरण गर्नुभएको थियो । विद्यालयका शिक्षक नायक तिलक काफ्लेले यसप्रकारको अभिमूखिकरण कार्यक्रम विद्यार्थीका लागि आवश्यक रहेको बताउदै सिकेका कुरा प्रचार गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।  प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रमका  कोअर्डिनेटर प्रतिभा सापकटाले कास्कीका राजमार्गका छेउमा रहेका ६ वटा विद्यालयहरुमा प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । विद्यालयका शिक्षक नायक तिलक काफ्लेको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा स्वागत शिक्षक अविशेक  कुँवर ले गर्नुभएको थियो ।

Post a Comment

 
Top