0

गोल्डेन न्यूज संवाददाता
रक्तदान जीवन दान, जीवन दान महादान मन्ने मुख्य उद्देश्य सहित लायन्स क्लव अफ पोखरा आगनको संयोजन तथा लायन्स क्लव अफ पोखरा आर्दश, फिस्टेल, संगम र नेपाल पिस भ्याली गरि ५ वटा क्लवको संयूक्त तत्वावधनमा बिहिबार पोखराको महेन्द्रपुल चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
क्षेत्रीय रक्त संचार केन्द्र पोखरामा रगतको अभाव रहेको अवस्थामा आयोजित आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा ४० जनाले रगतदान गरेका थिए । प्रमुख अतिथि लायन्स क्लव अफ ३२५ बि १ का पिएमसिसि दिपक श्रेष्ठले कुनैपनि बिरामीलाई एक थोपा रगतको अभावले आफ्नो ज्यान जीवन र मरणको दोसाधमा पु¥याएको अवस्थामा तपाईहरुले प्रदान गरेको रगतले उसको ज्यान बचाउन सहयोग पुग्ने हुँदा रक्तदान जस्तो पूण्य कार्य अरु केहि नभएको त्यसैले रक्तदान महादान भएको बताउदै आफूले पनि रक्तदान गरेका थिए । एरिया चिफ कोअर्डिनेटर एम जे एफ तीर्थलाल श्रेष्ठ, जोन चियरपरसन शिवप्र्रसाद शर्मा चापागाई, आगनका पूर्व अध्यक्ष श्याम श्रेष्ठ, रक्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, क्लव अफ पोखरा आगनका अध्यक्ष चिन्तामणि बाँस्तोला, पोखरा आदर्शका अध्यक्ष नविन भण्डारी, पोखरा संगमका अध्यक्ष सालिकराम घिमिरे, पोखरा पिस भ्यालीका अध्यक्ष रुवेश नेपाल, तथा लायन्स साथीहरु उपस्थिति रहेको थियो ।
लायन्स क्लव अफ पोखरा आदर्श लामाचौरका अध्यक्ष नबिन भण्डारीले स्वागत गरेको   कार्यक्रमका लायन्स ध्वजाको अभिवादन आदर्शका सचिव दिनेश भण्डारीले गरेका थिए ।
कार्यक्रमका सभाध्यक्ष एवं लायन्स क्लव अफ पोखरा फिष्टेलका अध्यक्ष बाबुराम गिरस्ले रक्तदाताहरुलाई प्रमाण पत्र एवं मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको संचालन आगनका सचिव मचराजा महजर्नले गरेका थिए ।

Post a Comment

 
Top