सिद्धार्थ टोल विकास संस्था पोखरा–४ ले यस वर्षको एसएलसी परीक्षा उत्तीर्ण भएका संस्थामा आवद्ध सदस्यका छोराछोरीहरुलाई बधाई र सम्मान गरेको छ । संस्थाले आयोजना गरेको एक कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा अनुष्का श्रेष्ठ, शिषम ढकाल, सदीक्षा गौतम, विवेक गुरुङ, अनिश प्रधान, साधना गोठाजू र प्रेरणा श्रेष्ठ रहेका छन् । उनीहरुलाई स्थानीय समाजसेवी तथा टोल विकास संस्थाका सल्लाहकार मुक्ति पराजुली र संस्थाकी अध्यक्ष गोमा कोइराला सुवेदी लगायतले टीका र खादा लगाएर बधाई एवं सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुक्ति पराजुलीले आजका विद्यार्थीहरुले भोलि मुलुक संचालन गर्ने जिम्मेवारी लिनुपर्ने भएकाले गम्भीरतापूर्वक अध्ययन गर्न सुझाव दिए । संस्थाकी अध्यक्ष सुवेदीले विद्यार्थीहरुले आफूले चाहेको विषय अध्ययन गर्न र सफलता प्राप्त गर्न सुझाव दिंदै अभिभावकको भावना अनुरुप अघि बढ्न आग्रह गरिन् । कार्यक्रममा स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्ण प्रसाद बाँस्तोला, संस्थाका वरिष्ठ सल्लाहकार मदनकाजी श्रेष्ठ, सल्लाहकारहरु मंगलप्रसाद माकाजू , कृष्ण प्रसाद पराजुली, गोपालजी मन्दिर सेवा समितिका अध्यक्ष समेत रहेका सल्लाहकार वसन्त लिगल, टोल विकास संस्था समन्वय समिति, पोखरा–४ का कार्यवाहक अध्यक्ष केशव ढकाल, ज्ञानमार्ग टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठ, बगालेटोल सुधार समितिका अध्यक्ष हीराकाजी श्रेष्ठ, नेवा झिं गुठीका अध्यक्ष तथा समाजसेवी भक्तराज श्रेष्ठ, अभिभावक जुलीयाना श्रेष्ठ, सम्मानित विद्यार्थी अनिश प्रधान लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा टोल विकास संस्थाकी निवर्तमान अध्यक्ष पार्वती माकाजू, उपाध्यक्ष सम्झना माकाजू, सचिव सीमा कोइराला, कार्यक्रम संयोजक मिथिला मल्लले संस्थाका सदस्यहरुको सहयोगका कारण संस्थाले महत्वपूर्ण काम गर्न सफल भएको बताएका थिए । यसैबीच संस्थाकी अध्यक्ष गोमा कोइराला सुवेदीले संस्थाले विद्यार्थीहरुको सम्मानका साथै प्रत्येक वर्ष वृद्धवृद्धालाई समेत सम्मान गर्दै आएको जानकारी दिइन । उनका अनुसार संस्थाले सिद्धार्थ क्लवसंग समन्वय गरि टोलमा सोलारवत्ति जडान गरेको, सिद्धार्थचोकदेखि फिर्केखोलासम्मको बाटो कालोपत्रे गरेको, फिर्के खोलामाथिको पुलमा रेलिङ राख्नुका साथै समय–समयमा स्वास्थ्य शिविर, प्रौढ शिक्षा र सरसफाइ जस्ता कार्यक्रम गर्दै आएको छ । संस्थाल े आफ्नो कार्यालयमा विद्युत र पानी जडान गरेको बताउँदै अध्यक्ष सुवेदीले सिद्धार्थचोकमा सवारी दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरी कार्यालयसंग समन्वय गरि ट्राफिक प्रहरीको व्यवस्था गरिएको जानकारी दिइन ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
शिक्ष
»
संघ संस्था गतिबिधी
» सिद्धार्थ टोल विकासमा एसएलसी उत्तीर्ण विद्यार्थी सम्मानित
Subscribe to:
Post Comments (Atom)
Post a Comment