गोल्डेन न्यूज संवाददाता
संघीय समाजवादी फोरम कास्कीको एक भेलाले दीपक तामाङको अध्यक्षतामा ४७ सदस्यीय एक समिति घोषणा गरिएको छ । तमुवान इञ्चार्ज गणेशमान गुरुङले घोषणा गरेको जिल्ला समितिको उपाध्यक्षमा प्रकाश बोहोरा, सचिवमा गिरी प्रसाद गुरुङ, सह–सचिवमा रामबहादुर चर्मकार र कोषाध्यक्ष क्याप्टेन नरेश थापा रहेका छन् । पूनःगठित कार्यसमितिलाई सपथ ग्रहण तथा संघीय समाजवादी फोरम नेपाल गठन पश्चात देशव्यापी रुपमा पार्टीले सञ्चालन गरेको मेची–काली सन्देश सभालाई पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै गराउँदै केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान २०७२, प्रारम्भिक मस्यौदा पञ्चालकालिन संविधान भन्दा प्रतिगामी भएको बताएका छन् । अध्यक्ष यादवले जनताका विभिन्न बलिदानीपूर्ण आन्दोलनको भावना विपरित संघीयता, पहिचान, समावेशीता, मधेशी, आदिवासी जनजाति, महिला, दलित, अल्पसंख्यकका अधिकार विरुद्ध जबरजस्त जारी गरिएको मस्यौदा अन्तरिम संविधान विरुद्ध र प्रतिगामी भएको आरोप लगाए । आफूहरुको विरोधका बीच संविधानसभा प्रतिगामी मस्यौदा प्रस्तुत गरिएकाले संविधानसभामै च्यात्ने र जनताले सडक सडकमा जलाएको उनले स्पष्ट पारे । समस्या राजनीतिक हो तर अंकगणितको आधारमा जबर्जस्ती गर्दै अधिकार कुण्ठित संविधान ल्याउने प्रयास गरिए मुलुकमा नयाँ क्रान्ति शुरु हुने अध्यक्ष यादवले चेतावनी दिए । नयाँ नेपालका लागि नयाँ शक्ति आवाश्यकताका कारण आन्दोलनहरुको एकीकरण गरिएको हो भन्नुहुदै आफ्नो नवगठित पार्टी सत्ताको लागि नभई संघर्षको लागि भएको दावी गरे । जबसम्म जनताले साँचो अर्थमा अधिकार प्राप्त गर्दैनन्, आफूहरु संघर्ष गरिरहने उनको भनाइ थियो । ‘तमुवानी जनताहरु तमुवान प्राप्तिका लागि लड्नुस् हाम्रो पार्टी र मधेशी जनताको पूर्ण साथ सहयोग छ’ अध्यक्ष यादवले भने–‘सबैखाले विभेदको अन्त्य, अधिकार सुनिश्चित भएको, संघीयता, समावेशीता, पहिचान, मधेशी, आदिवासी जनजाति, दलित, दुर्गम क्षेत्र, अल्पसंख्यकको अधिकार स्थापित गराई छाड्छौं ।’ संघीयता र पहिचानको नारा लगाउने गरेको एमाओवादी सत्ताका लागि नेपाली काँग्रेस र एमालेको षडयन्त्रमा फसेर उनीहरुको टाँङ मुनि घुसेको उनले आरोप लगाउँदै कम्युनिष्ट भन्नेहरु कमाउनिष्ट हुदै गएकोले एमाओवादी सत्तालिप्सा बनेको बताए । पूर्व परराष्ट्र मन्त्री समेत रहेका अध्यक्ष यादवले महाभूकम्पले मुलुक पीडित भईरहदा सरकारमा रहेकाहरुले गर्ने भ्रष्टचारका कारण दाता राष्ट्रहरुले सरकारलाई विश्वास नगरेको उनको भनाई थियो । उनले पीडितका नाउँमा केही राहत सामग्री आउदा नेपालका मन्त्री र सभासदहरु नै जस्ता, त्रिपाल, कम्बल चोर्न उद्धत रहेको र राहत कोष सत्तासीनको भ्रष्टचारको अखडा बनेको र एमाओवादीले समेत राहत कोषको लोभमा जनतालाई धोका दिएको आरोप लगाए । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले जनताको अधिकार सुनिश्चित गराउन बैकल्पिक शक्ति आवश्यक महसूस गरी एउटै आन्दोलनमा फरक पार्टीबाट आन्दोलित भईरहेको तीन पार्टीको एकीकरण गरिएको बताए । प्रस्तुत गरिएको प्रारम्भिक मस्यौदा संघीयता विरोधी, पहिचान विरोधी, धर्मनिरपेक्ष विरुद्ध, आदिवासी जनजाति, मधेशी, महिला, दलित, उत्पिडित समुदाय र क्षेत्रलाई अधिकार विहीन बनाउने मस्यौदा भएकाले आफूहरुले जलाएको उनले बताए । जनताको बलिदानको अपमान भएको मस्यौदा हामीले च्यात्ने र जलाउने ग¥यौं अब प्रतिगमन विरुद्ध राष्ट्रिय विद्रोहको तयारीका रुपमा पनि मेची—काली सन्देश सभाहरु गरिएको सह–अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा पार्टीका उपाध्यक्ष रेणु यादवले अन्तरिम संविधानको धारा १३८ को विरुद्ध मस्यौदा प्रस्तुत गर्ने प्रतिगामीहरुलाई मसालले ठोक्ने चेतावनी दिइन । शासकहरुले मधेशी र आदिवासी जनजातिलाई एक अर्कामा विरोधीको रुपमा प्रस्तुत गराउँदै आएको कुरा बुझ्न आग्रह गर्दे मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले नक्कली सिटामोलको प्रस्तुत गरेको भन्दै कडा आपत्तिका साथमा उनीहरुले आदिवासी जनजाति, मधेशी लगायतको सोझोपनलाई निकम्मा नठान्न चेतावनी दिइन । कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष कर्म तमुलेले चार दलीय १६ बुँदे सहमति र त्यसको आधारमा प्रस्तुत गरिएको संविधानको प्रारम्भिक मस्यौदा विगतदेखि विभेदमा पारिएका जनताका अधिकारको पक्षमा नभएको बताइन । संघीय समाजवादी फोरम कास्कीका संयोजक दीपक तामाङको अध्यक्षतामा सम्पन्न सभामा ससफोका केन्द्रीय सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङ, केन्द्रीय सदस्य तथा दीपक, सभासद डिलबहादुर नेपाली, केन्द्रीय सदस्य धनप्रसाद तामाङ, केन्द्रीय सदस्य राजन केसी, विदेश विभाग सदस्य सुन्दर गुरुङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
Post a Comment