0


सुरज पराजुली ‘रेसू’


बिर्सिनेलाई बिर्सने बानी बनाउन ।
समेटेर बिगत काहानी बनाउन ।।
सकिएन हो ए निष्ठुरी तिम्रा,
जलाएर याद खरानी बनाउन ।।

सकिएन पढन  प्रेम गीता बनाएर ।
सकिएन लेख बिगत कविता बनाएर ।।
छट्पटीमा कराउँदै  बाँचेको छु आज सम्म,
सकिएन जलाउन याद चित्ता बनाएर ।।

भए देखी बाँकी याद गर्न आउनु ।
गाड्ने फाल्ने वा जलाउने बिचार गर्न आउनु ।।
तिम्रै स्वामित्वमा खत लेखी छोड्दैछु संसार,
आफ्नो खुःसी बमोजिम अन्तिम संस्कार गर्न आउनु ।।

Post a Comment

 
Top