0
गोल्डेन न्युज, सम्वाददाता
आध्यात्मिक तथा मानसिक परामर्श अभियान जारी रहेको छ । गोरखा, स्याङ्जा, लमजुङ, तनहु, नुवाकोट र कास्कीका विभिन्न स्थानहरुमा कार्यक्रम संचालन गरी सम्पन्न गरीसकेको अभियानको टोली चार जिल्लामा एकैसाथ कार्यक्रम लिएर पोखरावाट हिड्ने भएको छ । भुकम्पका कारण भएको डर त्रासलाई न्युनिकरण गर्दै  भत्किएको मनमा शान्ति र आनन्द जगाउने उदेश्यले सम्पुर्ण आध्यात्मिक धार्मिक संघसंस्था, समाजिक अभियन्ता, पत्रकार,प्रशासन, मनोचिकित्सक संघ, इन्जिनियर भुगोलविद् लगायत एकजुट भई सञ्चालन गरिएको संयुक्त प्याकेज कार्यक्रम लिएर पोखरावाट विहीवार टोली हिड्ने भएको हो ।संयोजक सह क्षेयित्र प्रशासक सहितको सदस्यहरुको टोली विहीवार दिउसो तनहु देवघाटका लागि प्रस्थान गर्ने छ । टोलीले विहीवार साझ चितवनका प्रहरीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्ने छ । त्यस्तै शुक्रवार विहान वागेश्वरी मन्दिरमा स्थानिय सुमदायका लागि लक्षित गरि कार्यक्रम सञ्चालन गर्ने छ भने साझ देवघाट आश्रममा कार्यक्रम सञ्चालन गर्ने छ । त्यस्तै शनिवार नवलपरासीको कावासोतीमा कार्यक्रम संचालन हुने र आइतवार विहान वुटवलमा कार्यक्रम सञ्चालन गरी टोली पोखरा फर्कीने सदस्य सचिव नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले जानकारी गराएकि छिन् ।देवघाट र वुटवलको कार्यक्रम नेपाल र।ाष्टिूय परोपकार महासंघले व्यवस्थापन गर्ने छ भने नवलपरासीको कार्यक्रम जिल्ला प्रशासन कार्यलय नवलपरासीको व्यवस्थापनमा हुने छ ।

Post a Comment

 
Top