0
गोल्डेन न्यूज संवाददाता
अनेरास्ववियु जनप्रिय क्याम्पसले प्रकाशन गरेको क्यालेन्डर बिहीबार विमोचन गरिएको छ । क्याम्पस जिल्ला कमिटीका अध्यक्ष अर्जुन अधिकारीले क्यालेन्डरको विमोचन गर्दै विद्यार्थीहरु देशको राजनीतिक अवस्थाका बारेमा बढी सचेत हुनुपर्ने बताए । क्याम्पस कमिटीका सचिव दीपिन ढकालको अध्यक्षतामा भएको कार्यव्रmममा अनेरास्ववियु क्षेत्र नंं ३ का क्षेत्रीय सचिव महेन्द्र पौडेल उपाध्याय, भूगोल जिल्ला कमिटीका सदस्य विवेक पहारी, साइन्स एशोसिएशनका संयोजक विनोद भण्डारी लगायतले बोलेका थिए । कार्यव्रmमको सञ्चालन सह–सचिव तथा सङ्गठन विभागका प्रमुख अनिल खड्काले गरेका थिए ।

Post a Comment

 
Top