0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रले आइतवार लेखनाथ नगरपालिका वडा नं १७ का युवा क्लव तथा टोल विकास संस्थाका प्रतिनिधिहरुलाई एचआईभी एड्स, लागूऔषध तथा ट्राफिक जनचेतना चारदिने कार्यक्रम सम्पन्न गरेको छ । विकृति र विसंगती रहित समाजको निमार्ण हाम्रो अभियान भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रमको शुभारम्भ गर्दै लेखनाथ नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पौडेलले नगरको चौतफी विकासका लागि भौतिक विकास सगसगै मानवीय संशाधानको विकासलाई पनि अगाडि वढाउनु पर्नेमा जोड दिए । लेखनाथ सामुदायिक सेबा केन्दका निवर्तमान अध्यक्ष शेरबहादुर गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा, कार्यक्रम संयोजक ज्ञानेन्द्र वजगाई, शुभतारा युवा क्लवका अध्यक्ष भुपे न्द्र थापा लगायतले कुलतबाट टाडा रहुनु नै अहिलेको आवश्यकता रहेको विचार राखेका थिए । लेखनाथ सामुदायिक सेवा केन्दका सह सचिव त्रिलोचन लामिछानेले सञ्चालन गरेको सो कार्यक्रममा  एचआईभी एड्सका सम्बन्धमा नौलो घुम्तीका गीता पौडेल, होम गुरुङ्गले लागूऔषधका बारेमा र ट्राफिक जनचेतनाका सम्बन्धमा जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक भीमराज ओलीले सहजीकरण गरेका थिए ।

Post a Comment

 
Top