गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीको आयोजना तथा पश्चिमाञ्चल डेण्टल होम नयाँवजारको प्रविधिक सहयोगमा क्लवको बर्षिक कार्यक्रम एवं विश्व जनसंख्या दिवसको पावन अवसरमा यहि आषाढ २५ र २६ गतेका दिन निःशुल्क बृहत् दन्त शिविर सञ्चालन हुने क्लवका अध्यक्ष दीपक घिमिरेले गोल्डेन न्यूज दैनिकलाई दिए । समाजमा विभिन्न सेवा र सुबिधाबाट बञ्चित भएका सर्वसाधारण जनताहरुलाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लायन्स इन्टरनेशनलको मर्म र भावना अनुरुप गरिव दुःखी र असहाय सर्वसाधारण जनताहरुलाई क्लवले निःशुल्क औषधि र डाक्टर सहितको दुई दिने शिविरको आयोजना गरेको हो । कार्यक्रममा दाँत, मुख र गिजा सम्वन्धि औषधि तथा डाक्टरको जाँच पूर्ण रुपमा निःशुल्क रुपमा प्रदान गरिने र दाँतको जटिल उपचार सेवामा २० प्रतिशत छुटको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । शिबिरमा पश्चिमाञ्चल डेण्टल अस्पतालका तर्फबाट तीन जना डाक्टरहरु सहित, चारजना प्राविधिक हरुले शिविर सञ्चालनार्थ प्राविधिक सहयोग गर्ने छन् भने क्लवको तर्फबाट निःशुल्क औषधिको प्रबन्ध मिलाइएको अध्यक्ष दिपक घिमिरेले बताएका छन् । क्लवको बार्षिक कार्यक्रम तथा विश्व जनसंख्या दिवशको उपलक्ष्यमा आयोजित कार्यकम आषाढ २५ र २६ गते दुइदिन सम्म सञ्चालन गरिने कार्यक्रम आयोजकले जनाएको छ । क्लवले शिक्षा, स्वास्थ्य, वातावरण, जनचेतना अभिबृद्धि खेलकुद र महाविपत्ति लगायत विभिन्न दैविप्रकोपहरुमा समेत अग्रपंक्तिमा रहेर मानवीय सेवा गर्दै आएको छ ।
Post a Comment