प्रत्येक वर्षको असार १५ लाई धान दिवसको रुपमा मनाइने गरेकोमा यस वर्ष पनि पोखरालगायत विभिन्न स्थानमा कृषकहरुले असार १५ लाई धान दिवस एवं महोत्सवको रुपमा मनाएका छन् । पोखरामा पर्यटकीय गतिविधि बढाउने उद्देश्यले विगत १२ वर्षदेखि रोपाइँ महोत्सव चल्दै आएकोमा यस वर्ष पनि पोखरा पर्यटन परिषदले धान दिवसलाई रोपाइँ महोत्सवको रुपमा मनाएको छ । परिषदले पोखरा सबै मौसमका लागि भन्ने नाराका साथ पोखरा उपमहानगरपालिका वडा नंं १७ बिरौटा फाँटमा महोत्सवको आयोजना गरेको हो । यसैगरी, नागेश्वर कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा पोखरा– १३ काँहुखोलास्थित बुढुवा फाँटमा पनि दोस्रो काँहुखोला रोपाई महोत्सव सम्पन्न भएको छ । दुबै महोत्सवको सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले हलो जोतेर तथा गोरुको पूजा गरेर उद्घाटन गरेका थिए । सरकार प्रवक्तासमेत रहेका मन्त्री रिजालले दुबै ठाउँमा हिलो खेलेका थिए । त्यस अवसरमा बोल्दै उनले पोखराको पर्यटन प्रवद्र्धन गर्नका लागि यहाँ आएको बताए । कृषकहरुले असार १५ मा धान रोप्ने र मानो रोपेर मुरी फलाउने लक्ष्य राख्ने स्मरण गर्दै उनले संविधानसभाले पनि अब छिट्टै संविधानरुपी फल जनतालाई दिने बताए । संविधान मस्यौदा तयार गर्ने महत्वपूर्ण काम छोडेर आफू पोखरा आएको बताउँदै उनले भने–भुकम्पपछि खस्किएको पर्यटन क्षेत्रलाई उकास्न थप मद्दत पु¥याउनका लागि खुशिका साथ यस महोत्सवमा आएको हँु । संविधानको मस्यौदा पनि झण्डै झण्डै मिलिसकेकोले संविधानको आउनेमा तपाईहरु विश्वस्त हुुनुहोस् उनले भने– मानो रोपेर मुरी उव्जाउने महिना भने जस्तै १६ वुदे सहमतिले सात वर्ष देखि रोपेको मुरी भित्रयाउने वेला भएको छ । महोत्सवको मुख्य उद्देश्य भनेको खस्किएको पर्यटन क्षेत्रलाई उकास्ने र भुकम्पको महाविपत्तिपछि नेपालको जनजीवन सामान्यतर्फ फर्किन लागेको संदेश दिनु रहेको उनले बताए । अघिल्ला महोत्सव तुलनामा भूकम्पको कारण कम पर्यटक सहभागी रहेको सो महोत्सवमा सभासद् शारदा पौडेल, नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा पर्यटन पुनर्जागरण समितिका संयोजक गणेशबहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष देव क्षेत्री, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पनि आ–आप्m्नो मन्तव्य व्यक्त गरेका थिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष चिरञ्जीवी पोखरेलले स्वागत र महासचिव रामु गौतमले कार्यक्रम सञ्चालन गरेका थिए । महोत्सव शुरु हुनुभन्दा अगाडि पञ्चेबाजासहित निकालिएको सांस्कृतिक ¥याली पोखराको राष्ट्रबैकचोकबाट बिरौटाचोक हुँदै महोत्सवस्थलमा पुगेको थियो । महोत्सवमा साउने प्रतियोगिता, असारे गीतसँगै रोपाई, विदेशी र नेपाली सहित विभिन्न समूहको रस्साकस्सी, माछा समाउने, हिलो दौडलगायतका प्रतियोगिता समावेश गरिएको थियो । पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको परिषद अध्यक्ष सोमबहादुर थापाले जानकारी दिए । स्थानीय कृषक शमसेरबहादुर पौडेलको ११ रोपनी क्षेत्रफल खेतमा महोत्सव गरिएको हो । मानो रोपेर मुरी फलाउने र धान दिवसको रुपमा असार १५ लाई महत्व दिदै आएको छ । भुकम्प पछि पर्यटकको आगमन न्यून भएको छ उनले भने–महोत्सवको मुख्य उद्देश्य पर्यटकलाई पोखरा सुरक्षित छ भन्ने सन्देश दिनु नै हो । भुकम्पपछि पर्यटन क्षेत्रमा परेको प्रभावले महोत्सवमा कतै विदेशी सहभागिता हुदैनन् की भन्ने डर लागेको थियो उनले भने–तर महोत्सवमा विदेशीको सहभागिताले हामिलाई हौसला थपेको छ । महोत्सवमा कास्कीका उत्कृष्ट तीन जना कृषकालाई नगद सहित सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा तरकारी तथा फलफुल वाली तर्फ हंसपुर–३ का धर्म न्यौपाने, खाद्यान्य वाली तर्फ पोखरा–२८ का जितबहादुर वस्नेत, पशुपालन तथा कुखुरापालन तर्फ लाहाचोक–७ का इमानबहादुर गुरुङ रहेका छन् । यसैगरी, नागेश्वर कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा पोखरा– १३ काँहुखोलास्थित बुढुवा फाँटमा दोस्रो काँहुखोला रोपाई महोत्सव सम्पन्न भएको छ । कृषि पेशाप्रति देखिएको निराशालाई हटाउदै व्यवसायीक कृषिको प्रवद्र्वन गर्ने उदेश्यले महोत्सव गरिएको संस्थाकी अध्यक्ष इन्दिरा आचार्यले बताईन् । महोत्सवको आकर्षणमा साउने प्रतियोगिता, हिलोमा रस्साकसी प्रतियोगिता, धान रोप्ने प्रतियोगिता, माछा छोप्ने प्रतियोगिता थिए । महोत्सवमा आयोजित प्रतियोगितामा असारे गिततर्फ नवप्रगतिशिल आमा समुह प्रथम र नागेश्वर कृषि समुह द्वितिय भएका छन् । साउने प्रतियोगितातर्फ राजकुमार विक प्रथम ,विजय न्यौपाने द्वितिय र टंक घिमिरे तृतीय भएका छन् । रस्साकसी प्रतियोगितातर्फ भद्रकाली ट्याक्सी इकाई समिति प्रथम ,काहुँखोला समुह द्वितिय र भद्रकाली ट्याक्सी इकाई समिति ख ले तृतीय स्थान हासिल गरेका छन् । हिलो दौड प्रतियोगितामा महिलातर्फ ज्योती अधिकारी प्रथम, लक्ष्मी घले द्वितिय, जमुना परियार र रुपा नेपाली तृतीय भएका छन् भने पुरुषतर्फ साजन सापकोटा प्रथम, ऋषिराम ढुङ्गाना द्वितिय र सुनिल गुरुङले तृतीय भएका छन् । कार्यक्रममा आर्थिक सहयोग गर्ने क्या. गुञ्जबहादुर गुरुङलाई सम्मान गरिएको थियो । महोत्सवको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले खेती योग्य जमिनमा धमाधम घर तथा भवन निर्माण हुन थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले धान रोपेपछि फल लागे जस्तै संविधानसभामा पनि फल लाग्ने बेला भएको बताए । वर्तमान अवस्थामा खेतीयोग्य जमिनको प्रयोगको शैली उपयुक्त नभएको भन्दै उनले खेतीयोग्य जमिनमा विभिन्न संरचना निर्माण गर्दा भविष्यमा समस्या पर्ने स्पष्ट पारे । संस्थाकी अध्यक्ष इन्दिरा आचार्यको अध्यक्षतामा सभासद् शारदा पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कल्याण गुरुङ, समाजसेवी लोकबहादुर गुरुङ, संस्थाकी सदस्य भगवती सिग्देल, संस्थाकी सदस्य इन्दिरा सिग्देल, मीरा कार्की, समाजसेवी युवराज त्रिपाठीले बोलेका थिए ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» रोपाइ“ महोत्सव कार्यक्रमका लागि संचारमन्त्री रिजाल पोखरामा पर्यटन प्रबद्र्धन गर्ने र जनजीवन सामान्य बन्ने विश्वास
Subscribe to:
Post Comments (Atom)
Post a Comment