0
गोल्डेन न्यूज संवाददाता
पोखरामा शुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफले विजयी शुरुवात गरेको छ । एपिएफले विराटनगरलाई ६ विकेटले जितेको छ । टस जितेर पहिले व्याटिङ गरेका विराटनगरले एफिएफलाई ४९ रनको लक्ष्य दिएको थियो । एपिएफले निधारीत लक्ष्य १२ दशमलव ५ ओभरमा भेटाउँदै विजयी शुरुवात गरेको हो । एपिएफका लागि म्याच अफ दि वमन सीता रानामगरले २३ रन बनाउन सफल भइन् । २० ओभरको खेलमा १९ ओभरमा सबै विकेट गुमाउदै विराटनगरले ४८ रन बनाएको थियो । ट्रस जितेर पहिले व्याटिङ्ग रोजेको विराटनगरका कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । विराटनगरका लागि काजल श्रेष्ठले ९ रन, रोमा थापाले ६ बनाए । एपिएफका तर्फबाट सीता राना मगरले ३ विकेट लिइन् भने रुविना क्षेत्रीले २ विकेट लिन् । विराटनगरका ४ खेलाडी क्याच आउट, ३ रन आउट, ३ बोल्ड आउट र १ जना खेलाडी एलपिडब्लु हुदै आउट भए । पोखरामा मंगलबार नैै भएको अर्को वर्षाका कारण रोकिएको छ । क्षेत्र नम्बर ८ पोखरा र क्षेत्र नम्बर ५ नेपालगञ्ज बीच भएको खेलमा वर्षाका कारण रोकिएको हो । ट्रस जितेर व्याटिङ्ग रोजेको पोखराले ६ विकेट गुमाउँदै १८ रन बताएको थियो । प्रतियोगिताको संसदीय विकास समितिका अध्यक्ष रवीन्द्र अधिकारीले उद्घाटन गरे । प्रतियोगिता अन्तर्गत पोखरामा समूह ए मा परेका क्षेत्र नम्बर १ विराटनगर, क्षेत्र नम्बर ३ काठमाडौं, क्षेत्र नम्बर ५ नेपालगञ्ज, क्षेत्र नम्बर ८ पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लवबीच भिडन्त हुनेछ । समूह बि अन्तर्गतका क्षेत्र नम्बर २ वीरगञ्ज, क्षेत्र नम्बर ४ भैरहवा, क्षेत्र नम्बर ६ बैतडी, क्षेत्र नम्बर ७ जनकपुर र क्षेत्र नम्बर ९ कञ्चनपुरका बीच चितवनमा खेल हुँदैछ । क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्बर ८, पोखराले आयोजना गरेको प्रतियोगिता असार २ गतेसम्म चल्नेछ । पोखरामा दोस्रो खेल क्षेत्र नम्बर ५ नेपालगञ्ज र क्षेत्र नम्बर ८ पोखराबीच हुनेछ ।

Post a Comment

 
Top